‘नवाज’को नेतृत्व चिरनको काँधमा

‘नवाज’को नेतृत्व चिरनको काँधमा


■ राजन घिमिरे, सिड्नी

प्रवासी जीवन सहज र सरल पक्कै छैन । एकातिर आफ्नो स्थायित्वको लागि लड्नु छ भने अर्कोतिर जीवन गुजाराको निम्ति नियमित कामको चटारो । यस्तो धपेडीका बीच पनि सामाजिक कार्य गर्ने सोच र समूहगत रूपमा अगाडि बढ्ने योजनाको प्रस्ताव आयो भने सबैलाई जुटाउनै गाह्रो ।

तर यसो भन्दैमा असम्भव त केही छैन नि ! गर्न खोज्यो र आँट्यो भने के पो हुँदैन ? त्यसमा चाहिन्छ त केवल धैर्यता, प्रयासि, लगनशीलता र सबैको साथ । यही कुराको गतिलो उदाहरण हो नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) । अष्ट्रेलियाको भूमिका नेपालीहरूको यो पुरानो र गर्व गर्नलायक संस्था हो । विगत २० वर्षदेखि यो संस्था अष्ट्रेलियाको ‘नेपाली भूमि’मा लागिपरेको छ ।

यस क्रममा यो संस्थाले गत आइतबार (९ फेब्रुअरी)देखि अध्यक्षको रूपमा चिरन तिवारीलाई पाएको छ । आइतबार सम्पन्न संस्थाको साधारणसभाले अध्यक्षतामा तिवारीलगायत अन्य पदाधिकारीहरूको चयन चयन गर्यो । अष्ट्रेलियाको नेपाली समाजमा खेलुकदलगायतका विविध सामाजिक कार्य गर्दै आएको नवाजको नया कार्यसमितिको उपाध्यक्षमा टीएन अर्याल, उपाध्यक्ष तथा खेलकुद संयोजकमा बैकुण्ठ डंगोल र महासचिवमा मन्जित घिमिरे चुनिएका छन् ।

नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूमा कोषाध्यक्षमा नवीन सिंह, सहसचिवमा सागर पंगेनी, खेलुकद सह–संयोजकमा सन्तोष कुमार शर्मा, आइटी संयोजकमा लक्ष्मण बेल्बासे, महिला संयोजकमा सुचित्रा आचार्य, सह–संयोजकमा ज्योत्सना डंगोल, सदस्यता संयोजकमा ललित तामाङ, मिडिया संयोजकमा कृष्ण तिवारी र कार्यक्रम संयोजकमा समीर आचार्य रहेका छन् ।

यस्तै, नवाजको कार्यसमितिका सदस्यहरूमा रितु अर्याल, पविता शर्मा, शर्मिला लुईंटेल, सुशन घिमिरे, राजु गिरी, विशाल पोखरेल, प्रदीप खनाल, प्रवीण शर्मा, अनिल तामाङ र प्रतीक कार्की रहेका छन् ।

साधारणसभाले सन्जिव कुमार शर्मा, अरुण तामाङ र विनोद शर्मालाई संस्थाको संरक्षकमा मनोनित गरेको छ भने उमेश पन्त, बद्री अर्याल र राजु मानन्धर, मनऋषि धिताल र हेमन्त काफ्लेलाई सल्लाहकारमा मनोनित गरेको छ ।

संस्था स्थापना भएको २० वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रम गरेर बीस टिमको सहभागितामा भब्य नवाज कप फुटबल प्रतियोगिता आयोजना गर्ने संस्थाका नवनिर्वाचित अध्यक्ष तिवारीले बताए ।

साधारणसभामा नवाजका संरक्षकहरू सन्जिव शर्मा, अरुण तामाङ र सल्लाहकार राजु मानन्धरले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना ब्यक्त गरेका थिए भने संस्थाका महासचिव मन्जित घिमिरेले प्रवासमा बसेर परोपकारी कार्यमा हात बढाउँदै दुई दशकको यात्रा पार गर्नु भनेको चानचुने समय नभएको बताए । ‘नेपालीको लागि नेपाली भन्ने सोच र साथ नै हाम्रो सम्पत्ति हो’– उनले भने । ‘नवाज’को गर्विलो इतिहासलाई निरन्तर रूपमा अगाडि बढाउन आफूहरू सक्दो लागिपर्ने प्रतिबद्धता उनले जनाए ।