नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेको छ । पछिल्ला केही सातामा उकालो लाग्दै आएको बजार पुनः ओरालो लाग्ने क्रम शुरु भएको छ । सोही क्रममा आज नेप्सेमा १३.७० अंकले घटेर एक हजार ३१९.९९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक तीन अंकले घटेर २८१.०४ मा पुगेको छ ।

नेप्से ओरोलो लाग्दा कारोबार रकममा समेत गिरावट आएको छ । कुल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता सेयर रु. ९५ करोड चार लाख दुई हजार ५८४ मा खरिद–बिक्री भए । कारोबार भएका कुल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै सेयर उकालो लागेको छ । सो उपसमूह १७.४८ ले बढ्दा बैंकिङ १२.३९, व्यापार ५.६४, होटेल ५४.३२, विकास बैंक १९.१४, जलविद्युत ८.३४, वित्त ५.५१, निर्जीवन बिमा १३१.५१, अन्य ४.०५, लघुवित्त २०.६९, जीवन बिमा ७५.८६ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. तीन करोड ९२ लाख ५५ हजार ७६७ मूल्यबराबरको शेयर खरिद–बिक्री भए । यस्तै ग्लोबल आईएमई बैंक रु. तीन करोड ५३ लाख ५७ हजार ९२७, एनआईसी एसिया रु. तीन करोड ४६ लाख २३ हजार ५३३, नागरिक लगानी कोष रु. तीन करोड १६ लाख ३० हजार २५१, नेपाल इन्भेष्टमेन्ट बैंक रु. दुई करोड ७१ लाख १० हजार ८२२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.८८, कञ्चन डेभलपमेन्ट बैंक ३.२८, छ्याङदी हाइड्रोपावर २.१३, सिभिल लघुवित्त वित्तीय संस्था २.०४, शिवम् सिमेन्ट १.९५ र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले १.८५ प्रतिशतले कमाए । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६६, नेपाल फाइनान्स ५.६३, सेन्ट्रल फाइनान्स ५.२९, ओरियन्टल होटेल ४.८६ र मल्टिपर्पोज फाइनान्स कम्पनीका सेयरधनीले ४.२२ प्रतिशतले गुमाए ।
rss