मिस नेपाल अनुष्कालाई बेल्जियममा सम्मान

मिस नेपाल अनुष्कालाई बेल्जियममा सम्मान


■ डिल्ली अम्माई, बेल्जियम

‘मिस नेपाल युरोप’को लागि नेपालबाट आएका हिडन ट्रेजर नेसनलका डाइरेक्टर प्रमोदरत्न कंसाकर र मिस नेपाल अनुष्का श्रेष्ठलाई एनआरएनए महिला फोरम बेल्जियमले सम्मान गरेको छ।

फोरमकी संयोजक सुशीला खतिवडाको सभापतित्वमा शनिबार (१ फेब्रुअरी) सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा एनआरएनए बेल्जियमका अध्याध्यक्ष चित्र सुवेदीले मिस नेपाल अनुस्का श्रेष्ठको एक परोपकारी प्रोजेक्टको सहयोगबारे टिप्पणी गर्दै ८ मार्चमा मनाइने नारी दिवसलाई फरक र उपलब्धिमुलक तरिकाले मनाउन सुझाव दिएका थिए ।

त्यस्तै, मिस नेपाल श्रेष्ठले समेत आफ्नो नेतृत्वमा नपालमा चलिरहेको परोपकारी अभियानमा सहयोग गर्न अनुरोध गरिन् भने सोही दिन महिला फोरमको औपचारिक बैठकद्वारा अन्तराष्ट्रिय नारी दिवस बेल्जियमको आन्त्वेर्पेनमा ८ मार्च आइतबार उत्सवको रुपमा मनाउने निर्णय गरिउको छ ।

उक्त कार्यक्रम एनआरएनए महिला फोरम बेल्जियमकी उपसंयोजक सरिता खड्काले सञ्चालन गरेकी थिइन् ।