२४ अंकले बढेको नेप्सेको अर्बमुनिको कारोबार

२४ अंकले बढेको नेप्सेको अर्बमुनिको कारोबार


आइतबार दोहोरो अंकले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार भने झन्डै २४ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ बिन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ ।

नेप्सेमा उच्च बिन्दुको सुधार देखिँदा कारोबार रकममा भने त्यसको प्रभाव देखिएन । कुल १८० कम्पनीको २४ लाख नौ हजार २६२ कित्ता सेयर रु. ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहको सेयर नै उकालो लागेको छ । बैंकिङ १८.०१, व्यापार ३४.५९, होटेल ८३.३२, विकास बैंक ४३.८१, जलविद्युत १९.५१, वित्त २.८६, निर्जीवन बिमा १४९.७६, उत्पादन ९.८६, अन्य ५.१५, लघुवित्त ६६.४३, जीवन बिमा १७४.०३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. आठ करोड १४ लाख २८ हजार ४६९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आईएमई बैंक रु. पाँच करोड २६ लाख ५७ हजार ७२९, गरिमा विकास लघुवित्त वित्तीय संस्था रु. चार करोड ६८ लाख ३४ हजार २७, एनआईसी एशिया रु. दुई करोड ७० लाख ४९ हजार ८६२, प्राइम बैंक रु दुई करोड ५९ लाख ५० हजार र गुराँस लाइफ इन्स्योरेन्स रु. दुई करोड ५१ लाख ७० हजार ७४८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार समिट लघुवित्त ७.७९, नेरुडे लघुवित्त विकास बैंक ७.६३, फस्र्ट माइक्रोफाइनान्स ७.०२, आशा लघुवित्त वित्तीय संस्था ७.०१, गुराँस लघुवित्त ६.९९ र गरिमा विकास लघुवित्तका शेयरधनीले ६.७१ प्रतिशतले कमाए । यस्तै जोशी हाइड्रोपावर ३.०७, युनाइटेड फाइनान्स २.७६, दिव्यश्वरी हाइड्रोपावर १.९६, समृद्धि फाइनान्स १.९० र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले १.३३ प्रतिशतले गुमाए ।