अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम काठमाडौंमा

अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम काठमाडौंमा


राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय आत्मरक्षा तालिम सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद भन्ने नाराका साथ माघ १२ गते आइतबार देखि सुरु भएको प्रशिक्षक प्रशिक्षण सम्मेलनमा आत्मरक्षा सम्बन्धि तालिम प्रदान गरिने छ ।

नेपाल सेल्फ डिफेन्सको आयोजनामा सुरु भएको सम्मेलनमा अमेरिकबाट आएका आत्मरक्षाका ग्राड मास्टरले सम्मेलनमा सहभागी प्रशिक्षकहरुलाई प्रशिक्षण गर्नेछन् ।

तीन दिनसम्म संचालन हुने अन्तर्राष्ट्रिय तालिममा ३७ जिल्लाका आत्मरक्षा तालिमका प्रशिक्षकहरुको सहभागी रहेको छ । यसअघि सुन्दर पर्यटकीय नगरी पोखरामा संचालन गरिएको आत्मरक्षा तालिम काठमाडौं पश्चात जनकपुरमा संचालन हुने नेपाल सेल्फ डिफेन्स एसोसिएसनकी नेपाल प्रमुख सञ्जु महर्जनले जानकारी गराइन् ।