प्रधामन्त्री ओलीसँग देउवाले मागे ‘उपसभामुख’

प्रधामन्त्री ओलीसँग देउवाले मागे ‘उपसभामुख’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा शनिबार (११ माघ) छलफल भएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डसहित प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच भएको साझा सहमतिका बारेमा कुराकानी भएको हो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दिएको जानकारीअनुसार सो अवसरमा सभापति देउवाले संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा हुनुपर्ने तथा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति कार्यान्वयनमा जोड दिएका थिए । सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले पाउनुपर्ने माग अघिसारेका नेता नेम्वाङलाई उद्धृत गर्दै राससले जनाएको छ ।