टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु


टर्कीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । शुक्रबार आएको ६.८ म्याग्नीच्युडको भूकम्पका कारण अरु ५ सय भन्दा बढी घाइते भएका बताइएको छ ।

टर्कीको राजधानी अङकारादेखि पूर्वी क्षेत्रमा पर्ने एलाजिग प्रान्तमा स्थानीय समयानुसार शुक्रबार बेलुका ८.५५ मा भूकम्प आएको हो । त्यहाँका स्वास्थ्यमन्त्री फहरेटिन कोकालाई उद्धृत गर्दै सिन्ह्वाले मृत्यु भएकामध्ये १३ जनाको एलाजिग प्रान्तमा र अरु पाँच जनाको छिमेकी मालात्य प्रान्तमा मृत्यु भएको जनाएको छ ।

त्यसैगरी गृहमन्त्री सुलेमन सोयलुले पनि घटनामा परी ५०० जनाभन्दा बढी घाइते भएको पुष्टि रेका छन् । घटनास्थलहरुमा खोजी तथा उद्धार कार्य भइरहेको र तीस जना भत्किएको घरभित्र पुरिएको पनि उनले बताएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार कम्तीमा १० देखि १२ सेकेण्डसम्म कम्पन भएको थियो । त्यो निकै शाक्तिशाली थियो । बताइएअनुसार त्यतिबेला तापक्रम माईनस पाँच डिग्री सेल्सियस पुगेको थियो ।

भूकम्पपछि दर्जनौँ पटक पराकम्प पनि आएको बताइएको छ । भूकम्पको प्रभाव चारओटा प्रान्तमा परेको विवरणहरु आएको समाचारमा जनाइएको छ ।