गृहमन्त्री थापा भन्छन्- ‘केही प्रावधान परिमार्जन गरेर पारित हुन्छ एमसिसी’

गृहमन्त्री थापा भन्छन्- ‘केही प्रावधान परिमार्जन गरेर पारित हुन्छ एमसिसी’


गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसिसी)का केही प्रावधान परिमार्जन गरेर संसद्ले पारित गर्ने बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमसिसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने जानकारी दिए ।

एमसिसी सरकारले सदनबाटै पारित गर्नुपर्ने बाध्यता किन भन्ने विषयमा सञ्चारकर्मीको जिज्ञासाको जवाफमा गृहमन्त्री थापाले अमेरिकी सिनेटले पारित गर्ने भएकाले नेपालको सदनबाट पारित गर्नुपर्ने तर्क गरे । शान्ति र स्थायित्वविना मुलुकमा विकास सम्भव नभएको भन्दै उनले सरकारले अपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता राखेको जानकारी दिए । उनले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलप्रवाहमा ल्याउने काम जारी नै रहेको बताए ।

अब सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको र विकास निर्माणका काम पनि निर्वाध अघि बढाएको गृहमन्त्री थापाको जिकिर थियो । सरकारले गरेको लगानी सम्मेलन र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण नेपालका लागि लाभदायक भएको उनले उल्लेख गरे ।

pict: rss