एपीएफका खेलाडीलाई नगद प्रदान

एपीएफका खेलाडीलाई नगद प्रदान


एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एपीएफ क्लबका खेलाडीहरुलाई नगद प्रदान गरेको छ । सशस्त्र प्रहरीको १९औँ स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका खेलाडीलाई एनआईसी सहयोग गरेको हो ।

एनआइसीले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई ९ लाख ९५ हजार नगद सहयोग गरेको हो ।

उक्त सहयोग स्वरुपको चेक एनआईसी एसियाका सहायक कार्यकारी प्रमुख सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरिक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका थिए ।