६ हजार घुससहित सबइन्जिनियर पक्राउ

६ हजार घुससहित सबइन्जिनियर पक्राउ


पुनर्निर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइन्जिनियर प्रकाश तिवारीलाई घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको जनाएको छ ।

तिवारीलाई शुक्रबार रु. ६ हजार घुससहित भोजपुरको प्रधान होटेलबाट पक्राउ गरिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डीएसपी श्याम सारुमगर नेतृत्वको टोलीले उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।
rss