राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलद्वारा राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलद्वारा राजीनामा


राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले आफ्नो राजीनामापत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका हुन् ।

प्याकुरेलले राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको राजीनामापत्रमा सरकारको नीति र कार्यशैलीलाई कारण बनाएका छन् । उनले द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्निप्रसाद सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनी ९ चैत ०७४ मा विज्ञ पदमा राष्ट्रपतिको राजनीतिक सल्लाहकारको रूपमा नियुक्त गएका थिए । प्याकुरेल राष्ट्रपति भण्डारीको राजनीतिक सल्लाहकारमा नियुक्त हुनुअघि मानवअधिकारमा क्षेत्रमा क्रियाशील थिए ।