राष्ट्रियसभा सदस्यमा को-कहाँबाट विजयी बने ?

राष्ट्रियसभा सदस्यमा को-कहाँबाट विजयी बने ?


राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । सात प्रदेशबाट १८ सदस्यका लागि भएको निर्वाचनबाट १६ जना सत्तारुढ नेकपा र दुई सदस्य राजपाका चुनिएका छन् । नेकपा र राजपाबीच प्रदेश २ मा चुनावी गठबन्धन भएको थियो । समाजवादी दलसँग साझेदारी गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस यसअघि जितेको सात सिट गुमाएर ‘शुन्य’मा सन्तोष मान्न विवश भएको छ भने उपेन्द्र–बाबुरामको समाजवादी दलले पनि पहिलेको सिटबाट एक सिट गुमाएको छ ।

पहिलेको भन्दा आठ सिट बढाएर सत्तारुढ नेकपाले राष्ट्रिय सभामा दुई तिहाई सङ्ख्या पुऱ्याएको छ ।

बिहिबार भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा विजयी हुने सांसदहरुमा प्रदेश १ बाट गोपी अछामी (नेकपा), इन्दिरा गौतम (नेकपा) र देवेन्द्र दाहाल (नेकपा), प्रदेश २ बाट राधेश्याम पासवान (नेकपा), तुलसा दाहाल (नेकपा), मृगेन्द्र यादव (राजपा) र शेखरकुमार सिंह (राजपा), बागमती प्रदेशबाट गंगा बेलवासे (नेकपा) र वेदुराम भुसाल (नेकपा), गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (नेकपा) र भगवती न्यौपाने (नेकपा), प्रदेश ५ बाट विमला घिमिरे (नेकपा), जगप्रसाद शर्मा (नेकपा) र गोपाल भट्टराई (नेकपा), कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा (नेकपा) र सुमित्रा बिसी (नेकपा) अनि सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर (नेकपा) र शारदा भट्ट (नेकपा) रहेका छन् ।

pict:rss