१६ अंक घट्दा नेप्से १३ सयमुनि

१६ अंक घट्दा नेप्से १३ सयमुनि


धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक आज झन्डै १६ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.९५ बिन्दुले घटेर एक हजार २९७.४७ मा झरेको छ ।

एक हजार तीन सयको बिन्दुमाथि पुगेको बजार आजको ओरालो यात्रासँगै एक हजार दुई सयको बिन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ ले घटेर २७८.७२ मा पुगेको छ । नेप्सेले ओरालो यात्रा तय गरे पनि कारोबार रकम भने सवा अर्बमाथि रहेको छ । कुल १७२ कम्पनीको ३७ लाख ५४ हजार ५२१ कित्ता सेयर एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद–बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयर बढेको छ भने १० उपसमूहको सेयर ओरालो लागेको छ । अन्य १.७२ र जीवन बिमा ४०.८८ ले बढ्दा बैंकिङ २१.२३, व्यापार ११.६६, होटेल ३२.५६, विकास बैंक १९.२७, जलविद्युत् १५.५२, वित्त ७.२६, निर्जीवन बिमा ६६.६२, उत्पादन १२.५४, लघुवित्त १४.९८ र सामूहिक लगानी कोष ०.०२ ले घटेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. १८ करोड ४२ लाख ९८ हजार ८७१ बराबरको कारोबार भयो । यस्तै, ग्लोबल आइर्एमई बैंक रु. १५ करोड ५६ लाख ९७ हजार ४३५, नेपाल बैंक रु. पाँच करोड ८५ लाख ८१ हजार ४९५, शिखर इन्स्योरेन्स रु. पाँच करोड ४९ लाख ५६ हजार ३५५, नेको इन्स्योरेन्स रु. चार करोड ६२ लाख ९३ हजार २५४, सूर्या लाइफ इन्स्योरेन्स रु. तीन करोड ८५ लाख ९५ हजार ९९२ र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु. तीन करोड ८२ लाख ७७ हजार ६८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सिनर्जी पावर ९.४७, मिथिला लघुवित्त ४.८०, कञ्चन डेभलपमेन्ट बैंक ४.०७, समृद्धि फाइनान्स ३.९६, नेरुडे लघुवित्त विकास बैंक ३.९१ र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.१३ प्रतिशतले कमाए । त्यस्तै, सिद्धार्थ इक्विटी फण्ड ६.९६, मन्जुश्री फाइनान्स ५.६०, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, आशा लघुवित्त वित्तीय संस्था ४.४७, पञ्चकन्या माई हाइड्रोपावर ४.३० र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाए ।
rss