सेना र एपीएफ फाइनल प्रवेशका लागि भिड्ने

सेना र एपीएफ फाइनल प्रवेशका लागि भिड्ने


नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुष तर्फ सेनाको टिएसी र सशस्त्रको एपिएफ क्लबविच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै अर्को सेमिफाईनलमा विभागिय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् कलब विच प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार भएको पहिलो क्वाटरफाईनल खेलमा टिएसीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । यस्तै अर्को विभागिय टोली एपिएफले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गर्दै टिएसी संगको भेट पक्का गरेको हो ।

यस्तै जित निकालेर सेमिफाईनल प्रवेश गर्ने क्रममा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले पराजित ग¥यो । अव सेमिफाईनलमा पुलिसको भेट हेल्प नेपाल स्पोर्टस् क्लबसंग हुने भएको छ । हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पन्छायो ।

प्रतियोगिताको सेमिफाईनल बिहिबार हुने भएको छ । पहिलो खेल पुरुष तर्फ सेनाको टिएसी र एपिएफ बिहान ९ : ३० बजे तथा दोश्रो खेल नेपाल पुलिस क्लब र हेल्प नेपाल विच ११ : ३० बजे हुने छ ।

त्यस्तै महिला तर्फको पहिलो खेल एपिएफ र नेपाल पुलिसका विच १३ : ०० बजे र दोश्रो खेल होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लब र सेनाको टिएसी विच १५ : ०० बजे हुने कार्यक्रम रहेको छ ।