बाल्टिनमा डुबेर बालिकाको मृत्यु

बाल्टिनमा डुबेर बालिकाको मृत्यु


सर्लाहीको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिएका छन् ।