७ अंकले घटेको नेप्सेमा ग्लोबल आईएमईको ६१ करोडको कारोबार

७ अंकले घटेको नेप्सेमा ग्लोबल आईएमईको ६१ करोडको कारोबार


मंगलबार सामान्य सुधार देखिएको धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७.०५ अंकले घटेर एक हजार ३१३.४२ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.१३ अंकले घटेर २८२.३० मा समेटिएको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । आज कुल १८७ कम्पनीका ४९ लाख १४ हजार ४३७ कित्ता सेयर रु. एक अर्ब ५८ करोड १३ लाख ८१ हजार ३६४ मा खरिद–बिक्री भयो ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये जीवन बिमा उपसमूहको सेयर मात्र बढेको छ । सो उपसमूहको सेयर १६२.७४ अंकले बढेको छ । बैंकिङ ८.६१, व्यापार ११.१३, होटेल २३.६७, विकास बैंक १७.७२, जलविद्युत १५.९३, वित्त १.९४, निर्जीवन बिमा २३.०५, उत्पादन २३.५८, अन्य ५.९४, लघुवित्त १०.३६ र सामूहिक लगानी कोषको सेयर ०.०६ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर रु. ६१ करोड १२ लाख २८ हजार ७४६ मा खरिद–बिक्री भयो । यस्तै नेपाल बैंकको रु. नौ करोड नौ लाख ३१ हजार १८५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रु सात करोड ६९ लाख नौ हजार २३४, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको रु पाँच करोड ८३ लाख ६७ हजार ३५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु. पाँच करोड ८१ लाख ७१ हजार ५७९, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको रु. पाँच करोड ४१ लाख २७ हजार ११२ र एनआइसी एसिया बैंकको रु. दुई करोड ९५ लाख ७७ हजार ४८८ मा खरिद–बिक्री भयो ।

स्टकका अनुसार आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी ८.४७ प्रतिशतले कमाए । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ८.२०, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी ५.२४, सिर्जना फाइनान्स ३.९६, सिद्धार्थ इक्विटी फन्ड ३.९३ र ग्लोबल आइएमई समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९१ प्रतिशतले कमाए ।

यस्तै पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.६९ प्रतिशतले गुमाए । कञ्चन डेभलपमेन्ट बैङक ७.५१, सेन्ट्रल फाइनान्स ७.२३, नविल इक्विटी फन्ड ५.२९, सिनर्जी पावर डेभलपमेन्ट ५ र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.९९ प्रतिशतले गुमाए ।
rss