पाँच हजार घुससहित वन कार्यालयका प्रमुख पक्राउ

पाँच हजार घुससहित वन कार्यालयका प्रमुख पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सबडिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा सबडिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको भुसालले बताए ।
rss