कानाजावा कप करातेमा एसकेआईएफ टिम च्याम्पियन

कानाजावा कप करातेमा एसकेआईएफ टिम च्याम्पियन


आयोजक नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । एसकेआईएफले ९ स्वर्ण, १० रजत र १५ कांस्य जितेर टीम च्याम्पियन बनेको हो ।

सातदोबाटोस्थित अन्तर्राट्रिय खेलकुद परिसरमा अवस्थित कराते हलमा भएको प्रतियोगिता नेपालकै अन्तर्राष्ट्रिय मार्सल एसोसिएसन (आईएमए) ५ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको भारतले ३ स्वर्ण, २ रजत र १० कांस्य जित्यो ।

प्रतियोगिताको पुरुषमा राहुल गुप्ता तथा महिलामा सीमा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै नेपालका हुन् । राहुलले २५ केजी तथा सीमाले ४५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

विजेतालाई आयोजक एसकेआईएफका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायलते पुरस्कृत गरे । प्रतियोगितामा नेपालबाट २०८, भारतबाट ३५ र पाकिस्तानबाट २ गरी २ सय ४५ खेलाडी सहभागी थिए । दुईदिने प्रतियोगितामा ३२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।