आधी चाहियो देउवालाई, पार्टी फुटाउन बुढानीलकण्ठमा कसरत

आधी चाहियो देउवालाई, पार्टी फुटाउन बुढानीलकण्ठमा कसरत


काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी विभाजनका निमित्त पुनः सक्रिय हुन थाल्नुभएको छ । पार्टी विभाजन गराएर भए पनि सभापति पदको स्वाद चाखिसक्नुभएका देउवाले पार्टीमा आफूले भनेजस्तो पद नपाएपछि भित्रभित्रै पार्टीविरोधी अभियानमा वर्ष दिन अघिदेखि नै लाग्दै आउनुभएको थियो । पछिल्लोपटक आफ्नो असहमतिबिना पार्टीका भ्रातृ सङ्गठन विघटन गरेपछि केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर बस्नुभएका नेता देउवाले यसैलाई बहाना बनाएर पार्टी विभाजनको आवश्यक तयारीमा जुट्नुभएको बताइएको छ । केही केन्द्रीय सदस्य र केही सांसद मात्र लिएर अलग्गै समूह बनाएर बस्दा माओवादीको निगाहमा प्रधानमन्त्री बन्न पाइने सम्भावना बढी देखिएकोले पनि देउवा बेग्लै समूह खडा गरेर त्यसको नाइके बन्न अभिप्रेरित हुनुभएको बताउन थालिएको छ । केन्द्रीय सदस्य पदबाट राजीनामा दिएपछि सभापति सुशील कोइरालासमक्ष अनावश्यक र पूरा गर्न नसकिने या नमिल्ने र्सतहरू अघि सार्दै देउवाले आफ्नो निवास बुढानीलकण्ठमा गोप्य भेला र बैठक गर्दै आउनुभएको छ । र्सतहरू नमानी आफूलाई बेवास्ता गरे कुनै पनि बेला पार्टी विभाजन हुन सक्ने चेतावनी सभापति सुशील कोइरालासमक्ष पटकपटक पठाइसक्नुभएको छ । देउवानिकट एक नेताका अनुसार यतिबेला देउवा तत्काल पार्टी विभाजन गरेर जाने या सभापतिलाई कस्तोखाले दबाब दिने भन्ने विषयको आन्तरिक छलफलमै हुनुहुन्छ । ती नेताले भन्नुभयो, ‘सभापतिले पेलेर जान खोज्नुभयो भने कुनै पनि बेला पार्टी विभाजन हुनसक्छ ।’ तर, के भयो भने पेलेको अर्थ हो सो भने उहाँले खुलाउनुभएन ।
सूत्रका अनुसार सभापति कोइरालालाई देउवाले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने, कार्यसमितिमा मानोनीत गर्न बाँकी पाँच सदस्यमा सबै आफ्ना मान्छेलाई राख्नुपर्ने, कार्य सम्पादन समिति, पार्टी संसदीय बोर्ड र पार्टीद्वारा गठन गरिने हरेक विभागमा पचास प्रतिशत मानिस आफ्नो हुनुपर्ने, भ्रातृ संस्थाको विघटित समितिहरूलाई पुनर्गठन गर्नुपर्नेजस्ता सन्देशहरू पठाएका छन् । सभापति कोइरालाले आफ्ना र्सत माने पार्टी एक भएर अघि बढ्ने नत्र पार्टी एकतामा दरार पैदा हुने चेतावनीसमेत दिएका छन् ।
पछिल्लोपटक सभापति कोइरालाले गरेको टेलिफोनसमेत रिसिभ नगर्ने गरेका देउवाले आफ्नो निवासमा आफूनिकट नेताहरूसँग बैठक गर्नेजस्ता कार्य गर्दै आउनुभएको छ । काङ्ग्रेस सूत्रका अनुसार उहाँ जिल्ला सभापतिको राष्ट्रिय भेला गर्ने तयारीमा समेत लाग्नुभएको छ । सूत्रका अनुसार देउवाले केन्द्रीय सदस्य अर्जनुनरसिंह केसीमार्फत सभापति कोइरालासमक्ष सन्देश पठाउने गरेको र जवाफ मनोनीत महामन्त्री कृष्ण सिटौलामार्फत लिने गर्नुभएको छ । काङ्ग्रेस नेताहरूका अनुसार सभापति कोइरालाको प्रियपात्रको रूपमा चिनिन खोज्नुहुने सिटौलाले देउवालाई सन्देशको जवाफ मात्र होइन सभापति कोइरालाको भित्री योजनाबारे समेत जानकारी गराउँदै आउनुभएको छ । संसदीय दलको नेताबाट रामचन्द्र पौडेललाई हटाउने अभियानमा रहनुभएका सिटौला देउवाकै इशारामा पौडेलविरोधी अभियानमा समेत लाग्नुभएको बुझिएको छ ।
काङ्ग्रेसका एक केन्द्रीय नेताका अनुसार सिटौला आर्श्चर्यजनक ढङ्गले देउवासँग टाँसिएर पार्टीलाई विखण्डन गराउने अभियानमा लागेको आरोप लाग्न थालेको छ । ती नेताले घटना र विचारसँग भन्नुभयो, ‘सिटौला पार्टीमा शकुनीको भूमिकामा प्रस्तुत हुनुभएको छ, उहाँको भूमिकाले कुनै पनि बेला पार्टी फुट्न सक्छ । तर, यो कुरा सिटौला मान्न तयार हुनुहुन्न ।’ उहाँले मंगलबार घटना र विचारसँग टेलिफोनमा भन्नुभयो, ‘पार्टीभित्रका केही साथी छन्, उनीहरूले पार्टी र पार्टीका नेतालाई बद्नाम गराउन यस्ता गलत प्रचार गरेका मात्र हुन्, यसमा केही सत्यता छैन, म पार्टी एकताका लागि लागिपरेको मानिस हुँ । सभापति सुशीलदाइको अनुमतिमा आफूले विघटित सङ्गठनहरूको महाधिवेशन गर्नका लागि तयारी समिति निर्माण गर्ने विषयमा सहमति जुटाउन नेता देउवासँग वार्ता गरेको जानकारी गराउँदै सिटौलाले भन्नुभयो, ‘त्यसमा म मात्र होइन, रामशरण महात, नरहरि आचार्यसमेतको सहभागिता छ । शकुनीको भूमिकाबारे ध्यानाकर्षण गराउँदा सिटौलाले थप्नुभयो, ‘मैले कुनै शकुनीको भूमिका निर्वाह गरेको छैन, म पार्टी एकताको पक्षमा छु, सुशीलदाइ र शेरबहादुरदाइको बीचमा रहेका असहमति हटाउने प्रयासमा छु ।’

प्रचण्ड-बाबुराममाथि आठ गम्भीर आरोप
पेरिसडाँडामा वैद्य र बादलको पत्र
नेकपा माओवादीका शीर्ष नेता मोहन वैद्य किरण तथा महासचिव रामबहादुर थापा बादलले पार्टी अध्यक्ष र प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईविरुद्ध आठबुँदे आरोपपत्र पार्टीमा दर्ता गराउँदै छलफलको माग गर्नुभएको छ । गत असोज १५ गते दर्ता गराइएको आरोपपत्रमा नेताद्वयविरुद्ध लगाइएका आरोपहरू निकै गम्भीर रहेको पार्टी कार्यालय सूत्रले जनाएको छ । पार्टीका नीति तथा निर्णयहरूको उल्लङ्घनको विरोध र अन्य कतिपय विषयबारे भन्दै लेखिएको पत्रमा मधेसी मोर्चासँग गरिएको चारबुँदे सम्झौता, कन्टेनरको चाबी बुझाइएको, घरजग्गा हस्तान्तरण गर्न स्थानीय प्रशासनलाई दिइएको निर्देशन, एकतर्फी पुनवर्गीकरण, संविधान, मन्त्री शरतसिंह भण्डारीको राष्ट्रघाती अभिव्यक्ति, मजदुरहरूको अधिकार र रहस्यमयी भेटघाटजस्ता आठ विषयमा नेतृत्वको तीव्र आलोचना गर्दै प्रश्नहरू उठाइएका छन् । माओवादीको आगामी १७ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा वैद्य पक्षले यिनै विषयमा छलफल गरी ठोस निर्णयमा पुग्न चाहेको बुझिएको छ । पेरिसडाँडाबाट प्राप्त जानकारीअनुसार प्रचण्डमाथि पार्टी नीतिविपरीत हिँडेको र निर्णयहरूको घोर उल्लङ्घन गर्ने गरेको आरोप दर्ता गराइएको पत्रको पृष्ठभूमिमै उल्लिखित छ । पत्रमा सत्तारुढ हुने क्रममा मधेसी मोर्चासँग गरेको चारबुँदे सम्झौताको तीव्र विरोध गरिएको
छ । गत भदौ ११ गते मध्यरातमा पार्टीलाई थाहै नदिई रहस्यमयी ढङ्गले गरिएको चारबुँदे सम्झौतामा उल्लिखित व्यहोराको पत्रमा एक-एक विश्लेषणसहित खण्डन गरिएको छ । सन् १९५० को नेपाल-भारत सन्धि खारेजीलगायतका बारेमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको, जनमुक्ति सेनाप्रति अपमानजनक व्यवहार गर्दै दश हजार मधेसीलाई मात्र सेनामा सामूहिक प्रवेश गराउने सोच आपत्तिजनक रहेको, कस्तो प्रकारको संविधान निर्माण गर्ने भन्ने विषयमा पार्टीले पहिले नै निर्णय गरिसकेको भए पनि लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्ने व्यहोरा अङ्कित भएको, माथिल्लो कर्ण्ााली र कोसी ब्यारेजमा भारतीय सुरक्षाकर्मी राख्ने तथा एयरमार्सल एवम् सुपर्ुदगी सन्धिका बारेमा समेत प्रचण्ड-बाबुराम सकारात्मक रहेकोजस्ता कुराहरू आरोपपत्रको पहिलो नम्बरमा उल्लिखित छ । त्यस्तै पार्टीमा निर्णय नै नभईकन क्यान्टोनमेन्टको साँचो हस्तान्तरण गरिएकोप्रति विरोध जनाउँदै समूहगत प्रवेश र मोडालिटीको सम्मानजनक व्यवस्था नभई साँचो बुझाउनुले पार्टी अध्यक्ष क्रान्ति र पार्टीको हितमा नरहेको सङ्केत गर्दछ भन्ने आरोप पनि पत्रमा लगाइएको छ । जनयुद्धकालमा जनताले आफ्नो नियन्त्रणमा लिएका घरजग्गा फिर्ता गराउन स्थानीय प्रशासनलाई निर्देशन गरेकोप्रति घोर आपत्ति जनाउँदै वैद्य र बादलले क्रान्तिकारी भूमिसुधारमार्फत उक्त समस्याको समाधान खोजिनुपर्ने पत्रमा स्पष्ट गरेका छन् । क्यान्टोनमेन्टमा रहेका लडाकुहरूको एकतर्फी पुनः वर्गीकरण गर्ने प्रचण्डको भनाइ र सोहीबमोजिमको काम गराइप्रति पनि गम्भीर असहमति जनाइएको छ । आरोपपत्रको पाँचौँ बुँदामा आफूहरू संविधानसभाबाट संविधान बन्नुपर्छ भन्नेमा प्रतिबद्ध रहेको उल्लेख गर्दै नेताद्वयले अध्यक्ष एक्लैले कार्यदलमा जे मन लाग्छ त्यही निर्णय दिने गरेको आरोप प्रचण्डमाथि लगाएका छन् । जनताको सङ्घीय गणतन्त्रात्मक संविधान बन्नुपर्छ भन्ने निर्णय पार्टीले पहिले नै लिइसकेको भए पनि प्रचण्डले पार्टी निर्णयविपरीत राय प्रस्तुत गर्ने र संविधानसभाअन्तर्गतको कार्यदल या उपसमितिमार्फत निर्णय गरिँदै आउने काम भएको छ, त्यो नितान्त बेठीक छ, त्यसलाई सच्याउनुपर्छ भनी पत्रमा लेखिएको छ । राष्ट्र र राष्ट्रिय अखण्डताका विरुद्ध सार्वजनिक अभिव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा गराउन कुनै पहल नलिइएको, चार वर्षसम्म मजदुरले आन्दोलन गर्न नपाउने भनी सरकारले लिएको निर्णय मजदुर र शोषित वर्गविरुद्ध रहेकोजस्ता कुराहरूको उल्लेख गर्दै आरोपपत्रको आठौँ नम्बरमा प्रचण्डले विभिन्न समयमा गर्ने गरेको रहस्यमयी भ्रमण र भेटवार्ताहरूका बारेमा पार्टी र जनतालाई जानकारी गराउन माग गरिएको छ । देशको प्रधानमन्त्री भइसकेका र सबभन्दा ठूलो दलको मुख्य नेताको भूमिकामा रहेको व्यक्तिले कहिले सिलगुडी त कहिले सिङ्गापुर पुगेर विदेशी गुप्तचर निकायका कर्मचारीहरूसँग भेटवार्ता गर्नु अनुचित रहेको व्यहोरा पनि आरोपपत्रमा अङ्कित रहेको पेरिसडाँडा सूत्रले जनाएको छ । पत्रमा भनिएको छ- केही समययता पार्टी अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री भइसकेका व्यक्तित्वबाट आफ्नो पदको मर्यादास्तरसम्म ख्याल नराखी खुफिया निकायका कर्मचारीहरूसँग जसरी भेटघाट गर्ने काम भएको छ त्यो राजनीतिक र विधि दुवै दृष्टिकोणले नितान्त बेठीक भएको छ । अतः भेटघाटको यथार्थ जानकारी पार्टी र जनसमक्ष ल्याउनुका साथै आगामी दिनमा त्यसप्रकारको रहस्यमयी भेटघाट बन्द गरिनुपर्छ । उल्लिखित आठवटा विषयमा पार्टीमा छलफल गरी स्पष्ट हुनुपर्ने माग वैद्य र बादलले गर्नुभएको छ । पत्रमा लडाकुलाई निशस्त्र तुल्याउने कुराको विरोध गर्दै हातहतियारसहित ९क्क्च्० राष्ट्रिय सेनामा समायोजन हुनुपर्ने धारणा प्रस्तुत गरिएको छ । संसद्वादी लोकतान्त्रिक गणतन्त्रात्मक संविधान होइन सामन्तवाद-साम्राज्यवादविरोधी जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने भन्ने पार्टीको निर्णय रहेको बताउँदै अध्यक्ष प्रचण्डले क्रान्तिको माग पूर्णतः परित्याग गरिसकेको वैद्य र बादलले आरोपपत्रमा सङ्केत गर्नुभएको छ ।
पत्रको अन्त्यमा लेखिएको छ- ‘उक्त विषयहरू राजनीतिक दृष्टिले निकै गम्भीर प्रकृतिका छन् । यी विषयबारे केन्द्रीय समितिमा विशेष गम्भीरताका साथ छलफल गरी सही निष्कर्षमा पुग्न जरुरी छ । अतः केन्द्रीय समितिको बैठक नबस्दासम्म उपर्युक्त सेना समायोजन र संविधान निर्माणसँग सम्बन्धित पार्टी नीति र निर्णयविपरीत काम-कारबाहीहरूलाई रोक्न जोडदार माग गर्दछौँ ।’
वैद्य र बादलद्वारा प्रस्तुत पत्रले माओवादीभित्र उत्पन्न विवाद अरू गहिरिएको स्पष्ट सङ्केत गरेको छ । त्यसैले पार्टी केन्द्रीय समितिको आगामी बैठक थप तनावपूर्ण हुनेछ सम्भावना बढेको छ ।

रेडियो लुटेको आरोप मन्त्रीमाथि
मेची-काली सञ्चार प्रालि मातहतमा रहेर प्रसारण हुँदै आएको रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा लुटपाट गरिएको रेडियो व्यवस्थापन समितिले आरोप लगाएको छ । गत असोज १५ गते राति ११ बजेतिर अर्थमन्त्री पुनको निर्देशनमा बनेको योजनाअनुसार रेडियोका पूर्वअध्यक्षसमेत रहेका जुगल उपनामका विष्णुको नेतृत्वमा आएको समूहले रेडियोका सामग्रीहरू लुटेको व्यवस्थापन समितिले आरोप लगाएको हो ।
व्यवस्थापन समितिका अनुसार रेडियोको लुटपाटमा पूर्वअध्यक्ष्ँ सापकोटाको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ मिर्मिरे शाखाका अध्यक्ष श्रीधर न्यौपाने, रेडियोका पूर्वकर्मचारी बबिन शर्मा भनिने वाशुदेव बजगाईं, गोपाल नेपाललगायतको संलग्न रहेको छ । उनीहरूले रेडियोको ट्रान्समिटर एक थान, कम्प्युटर ३ थान, हाइब्रिड २ थान, हार्डडिस्क ११ थान, इन्टरनेट कनेक्टरलगायत रहेको रेडियो प्रालिका अध्यक्ष घनश्याम श्रेष्ठले जानकारी दिए । सापकोटले लुटिएको सामान किन्न सोही दिन बेलुकि आठ बजेतिर नजिकको एक किराना पसलबाट तीनवटा ठूला साइजको झोला र दुइटा ताला किनेर लगेका थिए । रेडियोको सामान लिएर भाग्ने क्रममा बबिन शर्माको मोटरसाइकलको साँचोसमेत रेडियोमा नै छुटेको पनि रेडियोको कर्मचारीले जानकारी दिए ।
श्रेष्ठका अनुसार समूहले मध्यरातमा रेडियो स्टेसनमा लुटपाटपछि ताला बन्दी गरेर विज्ञप्ति टाँसेका थिए । विज्ञप्तिमा पारिश्रमिक नदिएकोले बाध्य भएर रेडियोको सामग्री लगेको उल्लेख गरेका थिए । तर, अध्यक्ष श्रेष्ठले भने रेडियोमा कार्यरत सबै पत्रकार र कर्मचारीलाई वितरण गर्दै आएको न्यूनतम पारिश्रमिक न्यूनतम ८ हजार र दसैँ बोनससमेत १५ सयका दरले वितरण गरिएको बताए । उनले कुनै पनि कर्मचारीलाई कामबाट ननिकालेको र निक्लिएका कर्मचारी स्वेक्षिक रूपमा सम्पूर्ण पारिश्रमिक लिएर निक्लिएको जनाएका छन् । रेडियोमा लगाइएको ताला खोल्न पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले, कोषाध्यक्ष शीतल शाह, केन्द्रीय सदस्य दीपक पाण्डेलगायतको टोली पुगेको थियो । गाउँलेले घटनामा संलग्न सबै दोषीलाई कारबाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्ने वचन दिनुभएको थियो । गाउँलेले जनताका लागि सूचना प्रवाह गर्ने सञ्चारमाध्यममाथि भएको हमला र लुटपाटमा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । लुटपाटका कारण रेडियो ४३ घन्टासम्म प्रसारण अवरुद्ध भएको श्रेष्ठले जानकारी दिए । रेडियो ०६४ चैत २४ गतेदेखि नियमित प्रसारण हुँदै आएको छ ।

औषधिका कारण तुरुन्तै बूढी
चिकित्सकले सिफारिस गरे भन्दैमा जुन पायो त्यही औषधि सेवन गर्नु कतिसम्म घातक हुनसक्छ भन्ने कुराको एक उदाहरण भियतनाममा देखिएको छ । औषधि सेवनकै कारण भियतनाममा २३ वर्षीया एक युवती केही दिनमै ७३ वर्षकी जस्ती देखिएकी छिन् । यो आर्श्चर्यजनक घटनालाई लिएर अहिले चिकित्सकहरू सत्यतथ्य पत्ता लगाउन लागिपरेका छन् ।
भियतनामी समाचार एजेन्सीहरूका अनुसार, चिकित्सा जगत्मा रहस्य बनेकी ती युवतीको नाम नवुयन्थी कुयङ्गने हो, जो सामूहिक खानाबाट एलर्जी भएका कारण अस्पताल पुगेकी थिइन् । डाक्टरले दिएको ‘सी फुड’ एलर्जीको औषधि सेवन गरेको केही दिनमै उनको छाला चाउरी पर्दै गयो र झोलिन थाल्यो । दुई-चार दिनमै उनको अनुहार र शरीर ७३ वर्षकी वृद्धा भन्न मिल्ने अवस्थामा पुग्यो । तीन वर्षअघि यो घटना हुँदा उनी २१ वर्षकी थिइन् । अहिले २४ वर्ष पुग्दा उनको अवस्थामा कुनै सुधार आएको छैन । उनलाई कालो कपाल र आवाजले मात्रै आफन्तहरूको चिन्ने गर्छन् । छाला चाउरिएर झोलिए पनि कपाल र
आवाजमा भने फरकपन आएको छैन । चिकित्साविज्ञहरू उनीमाथि भएको यो आर्श्चर्यजनक घटना पत्ता लगाएरै छोड्ने अडानमा छन् । उनीहरूका अनुसार यस्तो ‘सिस्टम’लाई लिपोडाइस्प्रोफी भनिन्छ । यो एउटा यस्तो असाधारण रोग हो जसले छालाको सतहलाई बाक्लो बनाइदिन्छ र तीव्र गतिमा चाउरिन थाल्छ । यो घटनाले डाक्टरले सिफारिस गर्दैमा औषधि सेवन गर्न मिल्दैन भन्ने ठूलो सन्देश विश्वव्यापी रूपमै दिएको छ ।

आकाशमा अमेरिकाजत्रै प्वाल
सूर्यबाट उत्पन्न हुने विकिरणलाई नियन्त्रण गर्ने पृथ्वीमाथिको ओजोन तहमा उत्तरी अमेरिकाजत्रो प्वाल परेको वैज्ञानिकहरूले बताएका छन् । पृथ्वीको दक्षिणी धु्रव अन्र्टार्कटिकामाथिको आकाशमा साढे दुई करोड वर्गकिलोमिटर क्षेत्र ओजोन तह च्यातिएको वैज्ञानिकहरूको दाबी छ । लाइभ साइन्सको एक रिपोर्टअनुसार नासाको अर्थअब्जर्भिङ औरा सेटेलाइटद्वारा लिइएको मापमा सन् २००६ मा सबभन्दा ठूलो प्वाल परेको देखिएको थियो, जसको आकार पौने तीन करोड वर्गकिलोमिटरको थियो । अन्र्टार्कटिकामा ओजोन तहमा प्वाल परेको जानकारी वैज्ञानिकहरूले पहिलोपटक सन् १९७० को दशकमा पाएका थिए । त्यसयता वर्षौपिच्छे वैज्ञानिकहरूले ओजोन तहको प्वाल मापन गर्दै आएका छन् । स्मरणीय छ, ओजोन तहले नै पृथ्वीमा प्राणी जीवनको रक्षा गर्दछ । यदि ओजोन तह सम्पूर्ण रूपले नास भयो भने पृथ्वीमा जीवन सङ्कटमा पर्ने वैज्ञानिकहरूको भनाइ छ ।

माओवादी शरतसिंहको रक्षामा !
राष्ट्र विखण्डनको पक्षमा बयान दिने रक्षामन्त्री शरत्सिंह भण्डारीको रक्षा गर्न एकीकृत माओवादी कस्सिएको छ । यसअघि हत्याका आरोपी भूमिसुधारमन्त्री प्रभु साहको रक्षा गर्दै रक्षामन्त्री भण्डारीलाई राजीनामा गराउने निर्णयमा पुगेको एकीकृत माओवादीले मंगलबार विज्ञप्ति जारी गर्दै घुमाउरो ढङ्गबाट भण्डारीको रक्षा गर्ने निर्णयमा पुगेको छ । विज्ञप्तिमा राजीनामाको कुरा नै उल्लेख नगरे पनि भण्डारीको अभिव्यक्तिलाई पार्टीको कुनै पनि निकायले राष्ट्रघातको आरोप नलगाएको स्पष्ट पारेको छ । पार्टी प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयलाई कुनै विवादमा नतान्न सम्बन्धित सबैसँग आग्रह गर्दछौँ ।’
रक्षामन्त्री भण्डारीको अभिव्यक्तिलाई लिएर सिर्जना हुन पुगेको विवादको सन्दर्भमा तत्काल शान्ति र संविधान निर्माणको प्रमुख राजनीतिक एजेण्डालाई ओझेलमा पार्ने गरी कोही कसैबाट पनि कुनै गतिविधि र अभिव्यक्ति नहोस् भन्ने एनेकपा माओवादीको स्पष्ट धारणा छ,’ विज्ञप्तिमा भनिएको छ ।
भण्डारीको अभिव्यक्तिलाई लिएर सोमबार बसेको लोकतान्त्रिक फोरमको राजनीतिक समितिको बैठकले माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे सम्झौताबारे माओवादीको आधिकारिक धारणा माग गरेपछि त्यसको प्रतिउत्तरमा उसले विज्ञप्ति निकाली यस्तो जवाफ दिएको हो । विज्ञप्तिमा माओवादी र संयुक्त मधेसी मोर्चाबीच भएको चारबुँदे सम्झौत्ाा समग्र राष्ट्रहितको संरक्षण र अग्रगामी राज्यको पर्ुनर्संरचनासहितको नयाँ नेपाल निर्माणको दिशामा अघि बढ्ने महत्त्वपूर्ण राजनीतिक दस्तावेज भएको स्पष्टसमेत पारेको छ । चारबुँदेप्रति आफ्नो पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहँदै त्यसको कार्यान्वयन गर्नमा दृढ रहेको र त्यसलाई पार्टीको कुनै पनि निकायबाट राष्ट्रघात नभनेको कुरा पुनः स्पष्ट पार्न चाहन्छौँ भनेको छ ।
तर, उक्त सहमतिलाई माओवादीको वैद्य पक्षका नेता तथा प्रतिपक्षी दलहरूले र प्रतिगामी र राष्ट्रघाती सम्झौता भएकाले त्यसलाई तत्काल खारेज गर्न माग गर्दै सडक प्रदर्शनसमेत गरेका छन् । वैद्य पक्षका नेताहरूले उक्त विज्ञप्ति एकपक्षीय रूपमा आएको र त्यसबारे पार्टीमा कुनै छलफल नै नगरेको बताएको छ । वैद्य पक्षका एक स्थायी समिति नेताले घटना र विचारसँग भन्नुभयो, ‘विज्ञप्ति पार्टीको स्थायी समितिको बैठकबाट अनुमोदन गरेर निकालिएकोजस्तो बनाइएको छ, तर, त्यसो होइन ।’ ती नेताका अनुसार प्रधानमन्त्री बाबुराम भट्टर्राईको भारत भ्रमणको एजेण्डालाई मात्र लिएर बसेको बैठकमा चारबुँदे सम्झौताबारे कुनै पनि छलफल भएको छैन । स्थायी समिति सदस्य नेत्रविक्रम चन्द मंगलबार जारी गरिएको विज्ञप्तिमा आफूहरूको पूरै असहमति रहेको जानकारी दिनुभयो । उहाँले थप्नुभयो, ‘मंगलबार जारी विज्ञप्तिको कुनै अर्थ छैन र त्यसबारेमा पार्टीमा छलफल पनि भएको छैन ।’ माओवादीले यसअघि नै चारबुँदे सम्झौताको विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल गरी त्यहीँबाट टुङ्ग्याउने बताएको थियो । सूत्रका अनुसार प्रचण्डनिवास नयाँबजारमा बसेको उपत्यकामा उपलब्ध स्थायी समितिको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा वर्तमान सरकारले नेपाल-भारतबीच कायम विवादित विषयमा कुनै सम्झौता नगर्न निर्देशन दिएको छ ।
यसैबीच लोकतान्त्रिक फोरमको राजनीतिक समितिको बैठकले माओवादीको उक्त निर्णयलाई स्वागत गर्दै रक्षामन्त्री भण्डारीको राजीनामा तत्कालका लागि थाती राखेको छ । बैठकले भण्डारीको अभिव्यक्तिको विषयमा अन्य राजनीतिक दलहरूसँग छलफल गरेपछि मात्र निष्कर्षमा पुग्ने फोरम लोकतान्त्रिकले जनाएको छ ।

ठूलो पदमा निवेदनको बाढी
संवैधानिक निकायको रिक्त पदपूर्ति गर्न खुला आवेदन आह्वान गरिएपछि संवैधानिक परिषद्को सचिवालयमा तीन सयभन्दा बढी निवेदन परेको जानकारी प्राप्त भएको छ । संवैधानिक निकायमा प्रथम श्रेणीका वर्तमान तथा पूर्वकर्मचारीहरूले समेत निवेदन दिन सक्ने व्यवस्था गरिएकोले यसरी निवेदनहरूको बाढी नै आएको बुझिएको छ । बहालवाला प्रहरी तथा कर्मचारीहरूले आफ्नो ‘नम्बर बढाउने’ उपयुक्त अवसरका रूपमा यसलाई लिएका छन् । भ्रष्टाचारको इतिहासमा कुख्यात कहलिएका केहीले भने यो मौकालाई पुरानो पाप पखाल्ने अवसरका रूपमा उपयोग गर्न चाहेका छन् । कुनै समय तात्कालिक राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री पदका लागि दरखास्त आह्वान हुँदा माधवकुमार नेपालदेखि लक्ष्मणसिंह खड्कासम्मले नारायणहिटीमा आवेदन दिएर जसरी प्रधानमन्त्री पदको मर्यादा र गरिमा घटाइएको थियो यसपटक संवैधानिक नियुक्तिका लागि खरखास्त आह्वान हुँदा पनि त्यस्तै घटनाको पुनरावृत्ति भएको महसुस गरिएको छ । निवेदनहरूको बाढी आएका कारण त्यसको सङ्क्षिप्त सूची तयार गर्न नै सचिवालयलाई मुस्किल पर्ने देखिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निजामती सेवामा रहेका बेला अकुत सम्पत्ति कमाउन सफल कतिपयले माओवादी अध्यक्ष प्रचण्ड र विजय गच्छदारहरूको सम्मति लिएर मात्र आवेदन दिएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र महालेखा परीक्षकको कार्यालयमध्ये सबैभन्दा बढी आवेदन अख्तियारको प्रमुख आयुक्त तथा आयुक्तका लागि परेका बुझिएको छ । रोचक पक्ष के छ भने देशको नाम चलेका भ्रष्टाचारीहरूमध्ये सबैजसोले अख्तियारकै आयुक्तका निम्ति निवेदन दिएका छन् । सुडान प्रकरणमा आफूले पचहत्तर लाख रुपैयाँ सचिव उमेश मैनालीलाई बुझाएको भनी पूर्व प्रहरी प्रमुख ओमविक्रम राणाले सार्वजनिक रूपमै भनेका थिए । प्रहरी सरुवा र बढुवामा समेत रकम असुल्ने भनी चिनिएका उमेश मैनालीले समेत अख्तियारमा नियुक्तिका लागि
आवेदन गरेको जानकारी पाएपछि एसएसपी केदार भण्डारी चकित परेको बताइन्छ । उमेश मात्र होइन निजका ‘चर्चित’ भाइ श्याम मैनालीले पनि लोकसेवाका लागि निवेदन दिएका छन् । अख्तियारमा लामो समयदेखि बसेर त्यसको स्वाद लिइरहेका सचिव भगवती काफ्लेले अख्तियारकै आयुक्त बन्न आवेदन गरेका छन् । नापीमा रहेर ‘ख्याति’ कमाएका बाबुराम आचार्यले फेरि पनि अख्तियार नै ताकेका छन् । यसरी भ्रष्टाचारी भनेर देशमा स्थापित भइसकेका तर कानुनी आँखामा जोगिएका सयौंले संवैधानिक निकायजस्तो महत्त्वपूर्ण एवम् मर्यादित निकायमा नियुक्त हुन चाहेपछि योग्य मानिसको चयन हुने सम्भावना घटेर गएको छ । जो-जसको निवेदन परेको भए पनि अन्ततः दलका प्रतिनिधिहरूले भागवण्डाकै आधारमा उम्मेदवार चयन गर्नसक्ने देखिन्छ । संवैधानिक परिषद्का एक्ला निष्पक्ष सदस्य प्रधानन्यायाधीशले मात्र कसरी निष्पक्ष र योग्य मानिसको चयन गराउन सक्नुहोला, प्रश्न विचारणीय रहेको छ ।
संवैधानिक परिषद्को सचिवालयले पन्ध्र दिनको समय सीमा राखी गत असोज १० गते सूचना प्रकाशित गरेर योग्यता पुगेका नेपालीलाई निवेदन दिन आह्वान गरेको थियो । संवैधानिक निकायजस्तो महत्त्वपूर्ण स्थानमा समेत खुला प्रतिस्पर्धा गरेजस्तो देखाएर व्यक्तिको चयन गर्न खोजिनुलाई कतिपय विज्ञहरूले नाजायज मानेका छन् । यस्तो प्रक्रियालाई अनुपयुक्त ठान्दै चर्चित प्रशासनिक एवम् पूर्वगृहसचिव श्रीकान्त रेग्मीले आवेदन गर्नुभएन भने कतिपय योग्य मानिनेहरूले निकै भारी मनले निवेदन दिएको बुझिएको छ ।

अमेरिकी कङ्ग्रेस सदस्य नेपाल भ्रमणमा
नेपाल सरकारका उच्च पदाधिकारी, सांसद र तिब्बती नागरिक समाजका नेताहरूसँग भेटघाट गर्ने उद्देश्यले अमेरिकी कङ्ग्रेसका सदस्य जिम सेन्सेन्ब्रेनर दुईदिने भ्रमणका लागि मंगलबार काठमाडौं आइपुग्नुभएको छ । नेपाल भ्रमणका क्रममा उहाँले अमेरिकी-नेपाल सम्बन्ध र नेपालमा तिब्बती शरणार्थीहरूको संरक्षण लगायत मुद्दाहरूमा समेत छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।
विस्कन्सिन राज्य-संसदमा दश वर्ष लामो कार्यकाल पूरा गरेपछि सन् १९७८ देखि सेन्सेन्ब्रेनरले विस्कन्सिनको पाँचौ कङ्ग्रेसनल डिस्टि्रक्टको प्रतिनिधित्व गर्दै आउनुभएको छ । अमेरिकी कङ्ग्रेस सदस्यका अलावा उहाँ हाल विज्ञान तथा प्रविधि समितिका उपसभापति र न्यायिक समितिअन्तर्गतको अपराध, आतङ्कवाद तथा आन्तरिक सुरक्षा उपसमितिका सभापतिका रुपमा कार्यरत हुनुहुन्छ । कङ्ग्रेस सदस्य सेन्सेन्ब्रेनरको नेपालमा यो पहिलो औपचारिक भ्रमण हो ।

गुल्मी र रूपन्देहीका लागि ६ करोड ६५ लाख
भारतीय राजदूतावास काठमाडौं र सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय पाल्पा तथा गुल्मी जिल्लाको रिडीस्थित श्री संस्कृत माध्यमिक विद्यालयबीच ३ करोड ९३ लाख अनुदान सहयोगसम्बन्धी सम्झौता भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा गुल्मीमा सञ्चालित यो पाँचौँ विकास परियोजना हो ।
नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोगमा विद्यालयको तीनतले भवन निर्माणका लागि गत साता भएको उक्त सम्झौताले करिब सय वर्षअघि स्थापित सो विद्यालयले नयाँ पक्की भवनका साथै समयानुकूल शैक्षिक सामग्री हासिल गर्ने निश्चित भएको छ ।
पचास वर्षअघि माध्यमिक तहमा स्तरोन्नति गरिएको र संस्कृत भाषामा पढाइ हुने गुल्मीको उक्त एक मात्र विद्यालयको वर्तमान संरचना जीर्ण हुनुको साथै विद्यालयको बढ्दो आवश्यकतालाई धान्न नसक्ने रहेको छ । मित्रराष्ट्र भारतको सहयोगमा निर्माण हुने नयाँ संरचनाले विद्यालयका चार सयभन्दा बढी विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूरा गर्ने विश्वास गरिएको छ । संरचना निर्माणपश्चात् विद्यालयमा भर्नादर वृद्धि हुने र यसबाट विद्यार्थीको शैक्षिक अवसरमा पनि बढोत्तरी हुने अपेक्षा गरिएको छ ।
परियोजना सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय पाल्पाद्वारा नेपाल सरकारको नीतिनियम अनुसार कार्यान्वयन गरिने र यी निकाय नै परियोजनाको गुणस्तरीयता र समयमै समापनका लागि पूर्णतया जिम्मेवार रहने पनि बताइएको छ ।
यस विद्यालयका अतिरिक्त गुल्मीमा भारतको दुई करोड ७२ लाखको सहयोगमा दुई परियोजना सम्पन्न भइसकेका छन् भने चार करोड ६२ लाखको लागतमा अन्य दुईवटा परियोजनाको कार्य जारी छ । भारत सरकारद्वारा गुल्मीमा प्रयोग गर्ने गरी जिल्लाका विभिन्न संस्थालाई ६ वटा एम्बुलेन्स पनि उपहारस्वरूप प्रदान गरिएको छ ।
यसैगरी गत असोज २४ गते भारतीय राजदूतावास, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रूपन्देही तथा प्रतिमा निमा स्मृति प्रतिष्ठानबीच भएको अर्को एक सम्झौताअनुसार रूपन्देहीका लागि भारत सरकारबाट तीन करोड अनुदान सहयोग प्राप्त हुने भएको छ ।
प्रतिमा निमा स्मृति प्रतिष्ठानका लागि दुईतले तालिम प्रतिष्ठान भवन निर्माणार्थ सो अनुदान सहयोग प्राप्त हुने भएको हो । रूपन्देहीमा साना विकास परियोजनाअन्तर्गत भारत सरकारको सहयोगमा सुचारु यो दशौँ विकास परियोजना हो ।
विविध कार्यक्रममार्फत समाजका पिछडिएका वर्गको उत्थानमा समर्पित गैरनाफामुखी सामाजिक संस्थाको रूपमा स्थापित प्रतिमा निमा स्मृति प्रतिष्ठानको नयाँ भवनले नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहयोगमा प्रतिष्ठानमा सञ्चालित म्यासनरी, प्लम्बिङ, इलेक्टि्रकल वाइरिङ आदि विभिन्न विषयमा व्यावसायिक तालिम हासिल गर्ने विद्यार्थीलाई समुचित वातावरण प्रदान गर्ने दाबी सरोकारवालाले गरेका छन् । विद्यार्थीको पेसागत क्षमता विकास गरी आर्थिक समुन्नतिका लागि समेत यसबाट सहयोग पुग्ने बताइएको छ ।
यो संस्थाका अतिरिक्त भारत सरकारको दुई करोड ८२ लाख सहयोगमा रूपन्देहीमा दुई परियोजना सम्पन्न भइसकेका छन् भने १२ करोड ५२ लाखका सात परियोजना सुचारु छन् । आठवटा एम्बुलेन्स तथा दुई स्कुलबससमेत रूपन्देहीको प्रयोजनका लागि विभिन्न संस्थालाई भारतले उपहार प्रदान गरिसकेको छ ।

ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट स्थापना
उद्यम व्यवसाय क्षेत्रमा देखिएको लगानी समस्यामाथि मध्यनजर गर्दै उद्यमी-व्यवसायीहरूले व्यहोर्नुपरेको पुँजीको अभाव केही मात्रामा भए पनि पूर्ति गर्ने र मौलिक किसिमले विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यले राजधानीमा ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट नामक कम्पनी स्थापना भएको छ । गत सोमबार उद्योगमन्त्री अनिलकुमार झाले सो कम्पनी स्थापनाको विधिवत् शुभारम्भ गर्नुभयो ।
जापानमा रहे पनि नेपालमा समेत विभिन्न व्यवसाय सञ्चालन गरेर मुलुकको सेवा गर्दै आएका गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष देवमान हिराचनको पहल एवम् अध्यक्षतामा उक्त कम्पनी स्थापना भएको हो । एनआरएनएमा नौ वर्ष गुजार्दा आफूले देखेको र अनुभव गरेको भोगाइले ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न आफूलाई प्रेरित गरेको कम्पनी उद्घाटन कार्यक्रमबीच कम्पनीका अध्यक्ष हिराचनले बताउनुभयो । आफू ३८ वर्ष जापान बसेर हेर्दा नेपालमा केही सीमित व्यक्तिहरूले सम्पन्नता हासिल गरेका भए पनि आमजनताको आर्थिक अवस्थामा प्रगति हुन नसकेको अनुभूति भएको भन्दै हिराचनले मातृभूमिलाई समृद्धितर्फलैजान आमएनआरएन मित्रको समेत सहयोग लिएर यस्तो सुरुआत गरेको प्रस्ट्याउनुभयो ।
कम्पनीका प्रबन्ध-निर्देशक इश्वरमान जोशीले घाटा व्यहोरिरहेका सेयरधनीहरूको सेयर खरिद गरिदिने, बैंकको लिलामीमा परेर टाट उल्टिन लागेका व्यक्तिको ऋण सकारिदिने, सस्तो ब्याजमा ऋण उपलब्ध गराउने, हाइड्रोपावर, उद्योग, रियलस्टेट, सेयर खरिदका अलावा अरूले हात नहालेका विभिन्न क्षेत्रमा लगानी गरेर नौलो सेवाको सुरुआत गर्ने उद्देश्य कम्पनीले लिएको जानकारी गराउनुभयो ।

नेपाली सेनाद्वारा स्वास्थ्य शिविर
नेपाली सेनाले हुम्लामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । अल्पकालीन राहत कार्यक्रमको योजनाअनुसार गत असोज २५-२७ का दिन हुम्लाको सिमिकोटमा सञ्चालन गरिएको सो शिविरमा पुरुष एक हजार दुई सय ९७, महिला नौ सय ८६ तथा बालबालिका पाँच सय ११ गरी दुई हजार सात सय ९४ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधिसमेत वितरण गरिएको थियो । परीक्षण गरिएकामा अधिकांश हाडजोर्नी, आँखा र छालासम्बन्धी रोग तथा जुकाबाट पीडित बिरामी रहेका थिए भने नाक र जिब्रोका दुई बिरामीको शल्यक्रियासमेत गरिएको थियो ।
यसैगरी स्थानीय बासिन्दालाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ मुगुको ताल्चा विमानस्थलमा पनि नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । छाउनीस्थित श्री वीरेन्द्र अस्पतालका विशेषज्ञ चिकित्सकहरू सम्मिलित उक्त स्वास्थ्य शिविर मध्यपश्चिमाञ्चल क्षेत्रको हुम्ला तथा मुगुमा अल्पकालीन राहत कार्यक्रमको योजनाअनुसार स्थानीय बासिन्दालाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ सञ्चालन गरिएको थियो ।
यसैबीच यूएस सेनाको प्रशान्त क्षेत्रीय कमाण्डद्वारा आयोजना गरिने चारदिवसीय कन्फ्रेन्समा सहभागिताका लागि प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङ अमेरिका भ्रमणमा जानुभएको छ । गत असोज ३० गतेदेखि भोलि बिहीबारसम्म अमेरिकाको होनोलुलु -हवाई)मा आयोजना हुने ‘मल्टी-लेटरल एप्रोचेज टु मारिटाइम सेक्युरिटी इन एसिया-प्यासिफिक’ कन्फ्रेन्समा एशिसया प्रशान्त क्षेत्रमा बहुपक्षीय सामुद्रिक सुरक्षा सहयोग, जापानमा गएको महाभूकम्पबाट सिक्नुपर्ने पाठ, दैवीप्रकोप तथा प्रकोप व्यवस्थापनलगायतका विषयमा प्रस्तुतीकरण, अन्तरक्रिया तथा बृहत् छलफलमा केन्द्रित रहने छ भने एसिया प्रशान्त क्षेत्रका २७ मुलुकका सेना प्रमुख सहभागी हुने उक्त सम्मेलनलाई प्रशान्त क्षेत्रीय कमान्डका कमान्डर एड्मिरल र्रवर्ट विलार्डले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानसेनापति अमेरिका रहँदा बलाध्यक्ष रथी गौरवशमशेर जबराले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ ।

पर्वतका भवानीप्रसाद शर्माले मानिसको अनुहार हेरेर नै उसको आनीबानी तथा भविष्य बताउन सक्ने दाबी गरेका छन् । हस्तरेखा र ज्योतिष शास्त्रद्वारा मानिसको भूत र वर्तमानका साथै भविष्णवाणीसमेत हुँदै आएको र अनुहार हेरेकै भरमा मानिसबारे बताउन थालेपछि उनलाई चिन्नेहरू अचम्भित भएका छन् ।
चिना र हात हेरेर भविष्यबारे बताउन सडकका गल्ली र चोकमा कार्यालय खोलेर बस्ने ज्योतिषको सङ्ख्या धेरै भए पनि भवानीले चाहिँ कम्प्युटरमार्फत फेसबुक, याहु म्यासेन्जर, स्काइप, इमेल र प्रत्यक्ष रूपमा अनुहार हेरेर भविष्य बताउने गरेका छन् । उनले फेसबुकमा ‘फेसबुक ज्योतिष फोटो हेरेर’ भन्ने नाम राखी यो काम गर्दै आएका छन् । फेसबुकमा आफ्नो नाममा रहेका पाँचवटा आईडीमा हेराउन चाहनेहरूको सङ्ख्या बढ्दै गएको दाबी गर्दै उनले भने, ‘सुरुमा त म अनुहार हेरेर तपार्इंको बारेमा बताऊँ ? भन्दा कसैले पत्याउँदैनन्, तर फोटो हेरेर भूत र भविष्य दुरुस्त बताएपछि सबैले धन्यवाद नदिई सुखै पाउँदैनन् ।’ आफूले आठ वर्ष अगाडिदेखि अनुहारबाट मानिसको ग्रहदशा, आनीबानी तथा भूत, वर्तमान र भविष्यबारे अनुसन्धान गरिरहेको पनि उनले बताए ।
पेसाले पत्रकार उनी दाबी गर्छन्, ‘ज्योतिषशास्त्र, हस्तरेखाबाट जस्तै अनुहारबाट समेत मानिसको ग्रहदशा तथा आनीबानीबारे बताउन सक्ने नयाँ विधि पत्ता लगाएको छु ।’ शर्माले विभिन्न फरक-फरक पेसा या क्षेत्रका मानिस जस्तै, डाक्टर, प्रोफेसर, पत्रकार, कानुन व्यवसायी, व्यापारी, नेता, राजनीतिज्ञ तथा साहित्यकारहरूलाई अनुहार रेहेर उनीहरूबारे जानकारी गर्राई आर्श्चर्यमा पारिसकेका छन् । फेसबुकबाटै आफ्नो आनीबानी तथा भविष्यका बारेमा जान्न पाउँदा फेसबुक प्रयोगकर्तासमेत आर्श्चर्यमा पर्ने गरेका छन् । काठमाडौंकी नीलमसिंह बस्नेतले आफ्नोबारेमा लेखिएका सबै कुरा मिलेको भन्दै आफू उक्त कलाले अचम्मित परेको फेसबुकमै लेखेकी छिन् । त्यसैगरी बनेपाकी दीपा मिमिल्सिना, कैलालीकी अनु अधिकारी, तनहुँकी भावना खतिवडा, सिन्धुलीकी भावना गुरुङ, गुल्मीकी शोभा अर्याललगायतले फेसबुकमा नै आफ्नोबारे बताएको सतप्रतिशत मिलेको भन्दै धन्यवादको साथमा आफू अचम्म परेको लेखेका छन् । शर्माको यो कलाबाट रेडियो सगरमाथाका स्टेसन म्यानेजर घमराज लुइँटेल र एन्टेना फाउन्डेसनका कमल कोइराला पनि अचम्ममा परेको बताउँछन् ।
त्यसैगरी दोहा कतारबाट विमल अधिकारी, इराकबाट देव थापा, इजरायलबाट प्रभा शर्मा र सुमित्रा पौडेल जर्मनीबाट प्रविना पुडासैनीलगायतले फेसबुकमा नै आफ्नोबारेमा बताएको सतप्रतिशत मिलेको भन्दै धन्यवादको साथमा आफू अचम्म परेको लेखेका छन् । त्यसो त उनले फरक र नयाँ खालको फेस देखेमा आफंैले पनि साथी बनाएर उनको भविष्यबारे जानकारी दिने गरेका छन् । फेसबुकबाट भविष्य बताउने कार्य आफूले पहिलोपटक सुरु गरी सबैलाई आर्श्चर्यमा पारेको उनी बताउँछन् । शर्माले पहिला फोटो हेरिसकेपछि शर्माले प्रत्येक व्यक्तिको बारेमा तीन पेजभन्दा बढी लेखेर म्यासेज पठाउने गरेका थिए भने अहिलेचाहिँ याहुम्यासेन्जर र स्काइपबाट हेर्ने गरेका छन् । ‘एकजनाबारे ५० वटाभन्दा बढी कुराहरू भनिन्छ यो देख्दा सबै आश्चार्यचकित पर्ने गरेका छन्,’ शर्माले भने । शर्माले बेलुका ८ बजेदेखि ११ बजेसम्म कम्प्युटरमा बसेर बिनाशुल्क इन्टरनेटमार्फत भविष्य बताउने गरेका छन् । शर्माले दैनिक तीनदेखि पाँचजनासम्मलाई हेराउने गरेका छन् ।
शर्माले अनुहार लक्षणसम्बन्धी पुस्तकको तयारीसमेत गरेका छन् । ‘लेखेर तयार भइसकेको छ, अझै एक वर्ष प्रयोग तथा अनुसन्धान गरेपछि मात्र प्रकाशन गर्नेछु र उक्त पुस्तक पढ्नेे नेपाली तथा विदेशी प्रत्येक मानिसलाई हेरेर उसबारे सबैले जान्न सक्ने बनाउनेछु,’ शर्माले भने ।
-समीक्षा शर्मा

सरकारको नीति मजदुरमारा !
उद्योग वाणिज्य महासङ्घ र विभिन्न टे्रड युनियनसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा गत असोज १३ गते प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईको अध्यक्षतामा बसेको बैठकले गरेको सहमति मजदुरको नैसरि्गक अधिकारलाई कुण्ठित गर्ने प्रकारको भएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासङ्घले विरोध गरेको छ । सो बैठकले चार वर्षसम्म मजदुरहरूले उद्योग कलकारखानाहरूमा हड्ताल गर्न नपाइने, नो वर्क नो पे, हायर एन्ड फायरजस्ता नीतिहरूमा सहमति जनाएको थियो । यसलाई महासङ्घका केन्द्रीय प्रतिनिधि बद्री बजागाईंले ‘मजदुरमारा नीति’को संज्ञा दिँदै डा. भट्टर्राई नेतृत्वको सरकारलाई ‘मजदुरविरोधी’को आक्षेप लगाएका छन् ।

सशस्त्र वेशक्याम्पमा अन्तरक्रिया
परासी/ नवलपरासीस्थित जमुनियाको सेसरीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले सशस्त्र प्रहरीले सुरक्षा चेकजाँचको वहानामा राष्ट्रले दिएको अधिकारलाई सुरक्षा निकायले दुरुपयोग गर्न नहुने सुझाव दिए ।
सशस्त्र प्रहरी बल सीमासुरक्षा कार्यालय नवलपरासीको आयोजनामा बेसक्याम्प सेमरीमा सञ्चालित शान्तिसुरक्षा र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा सीमा सुरक्षा कार्यालय नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक किशोर प्रधानले सो प्रतिवद्धता व्यक्त गर्नुभयो भने े कार्यक्रममा एकीकृत माओवादीका राजु हरिजन, नेपाली काङ्ग्रेसका नाथुराम क्षेत्री, एमालेका कमलप्रसाद घिमिरे, फोरम लोकतान्त्रिक अनिल गौड, उद्योग वाणिज्य सङ्घका गणेशप्रसाद पोखरेल, युवासङ्घ नेपालका कुमार आले, समाजसेवी रामप्रसाद जोशी, नेपाल पत्रकार महासङ्घका आरपी उपाध्याय, खेमनारायण चौधरीलगायतका वक्ताहरूले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।

एञ्जेलालाई प्रज्ञा पुरस्कार
उप्रेती समाज सेवा समितिद्वारा स्थापित ‘खगेश्वर उप्रेती प्रज्ञा पुरस्कार’ यसपालि २०६७ को एसएलसी परीक्षामा उप्रेतीबन्धुबाट सर्वोत्कृष्ट -९१.२५ प्रतिशत) अङ्क हासिल गर्ने काठमाडौंको ग्यालेक्सी स्कुलकी छात्रा एञ्जेला उप्रेतीले पाइन् । हरेक वर्षको एसएलसी परीक्षामा सर्वोच्च अङ्क प्राप्त गर्ने उप्रेती छात्रालाई रु. दश हजार नगद र सम्मानपत्रसहित उक्त प्रज्ञा पुरस्कार दिने गरिएको छ । हिजो प्रज्ञा भवनमा उप्रेती समाज सेवा समितिद्वारा यो वर्षको दशैँ-तिहार-छठ पर्वको शुभकामना आदान-प्रदान तथा पुरस्कार वितरणका लागि आयोजित समारोहबीच उक्त पुरस्कार विजेता छात्रालाई प्रदान गरियो । समितिका वरिष्ठ उपाध्यक्ष डा. धर्मराज उप्रेतीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा समितिका महासचिव तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका पूर्वडेपुटी चिफ अफ मिसन -डीसीएम) भरतजंग उप्रेतीले निकट भविष्यमा उक्त समितिका लागि राजधानीमा पाँचरोपनी जग्गा किनेर सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्ने परिसरको रूपमा विकसित गर्ने योजना रहेको बताउनुभयो ।
समारोहमै एसपी गीता उप्रेती तथा ओमप्रसाद उप्रेतीले दीनदुःखीको सेवा, शिक्षा र सामाजिक कार्यलाई अझ व्यापकता दिन अक्षयकोषका लागि आफ्नातर्फबाट भरपर्दो रकम जम्मा गरिदिने घोषणा गरे । समारोहमा प्राज्ञ गंगाप्रसाद उप्रेती, प्रधानमन्त्री कार्यालयका सचिव डा. त्रिलोचन उप्रेती, अधिवक्ता हर्रि्रसाद उप्रेती, एसपी गीता उप्रेती, ओम उप्रेतीलगायतले सो समितिको कार्यक्षेत्रका रूपमा सिङ्गो नेपाली समाजलाई बनाउनुपर्नेबारेमा आफ्ना विचार व्यक्त गरेका थिए ।
देशका ७२ जिल्ला र विदेशमा भारतलगायत २७ देशमा छरिएर रहेका उप्रेती बन्धुहरूलाई समेटेर भाइचाराको अभिवृद्धि गर्दै रचनात्मक कार्यमा लगाउने उद्देश्यले ०५२ सालमा स्थापित उक्त समितिले हालसम्म सामाजिक, सामुदायिक र बन्धुत्वको अभिवृद्धिका दिशामा विभिन्न गतिविधि गर्दै आएको जानकारी पनि सो अवसरमा दिइयो । उप्रेती समाज सेवा समितिको अध्यक्षमा कार्यवाहक निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती हुनुहुन्छ । -नवीन उप्रेती

लमजुङमा म्याद नाघेका सामानको बिगबिगी
लमजुङ सदरमुकाम बेसीसहरलगायतका बजारमा मिसावट भएका र म्याद नाघेका खाद्यपदार्थ खुलेआम बिक्री-वितरण भएको तथ्य फेला परेको राष्ट्रिय उपभोक्ता मञ्च र वाणिज्य विभागले जनाएको छ ।
व्यापारीले म्याद नाघेका, अखाद्यपदार्थ मिसावट गरेका सामानको अलावा ब्याच नम्बर नलेखिएका खाद्यपदार्थ बिक्री-वितरण गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च र वाणिज्य विभागको संयुुक्त आयोजनामा सदरमुकाम बेसीसहरलगायतका बजारमा गरिएको अनुगमनबाट सो तथ्य फेला परेको हो । यसैगरी व्यापारीले पसलमा मूल्यसूची टाँस नगरेको, मूल्यसूची टाँस गरेका व्यापारीले उपभोक्ताले नदेख्ने स्थानमा मूल्यसूची राखेको, पसल दर्ता नगरेकोलगायतका कमजोरी फेला पारेका थिए । यसअघि दसैँको अवसरमा वर्षमा एकपटक सदरमुकाम बेसीसहर अनुगमन गरेजस्तो गर्ने प्रशासनले गरेको कामकारबाही आफूहरूलाई चित्त नबुझेको टोलीले अनुगमनको क्रममा सञ्चारकर्मीलाई बताएका थिए । उपभोक्ता आफैं सचेत नभएको अनि प्रशासनले बजार अनुगमन नगरेको कारण व्यापारीले फाइदा उठाउँदै कालोबजारी गर्ने उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य पदार्थ तथा म्याद नाघेका सामान बिक्री-वितरण गरेको समयमा बजार अनुगमन भएको भन्दै जिल्लावासी रमाएका छन् ।
बजार अनुगमनको क्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, वाणिज्य विभागका लक्ष्मण शाही, ध्रुवलाल तण्डुकार, जिल्ला प्रशासन कार्यालय तथा लमजुङ उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । अनुगमनको क्रममा टोलीले म्याद नाघेका सडेका दालमोठ दाल, चाउचाउ, भुजा, बिस्कुटलगायतका खाद्य सामग्री नष्ट गर्नुका साथै आगामी दिनमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने खाद्य सामग्री बिक्री नगर्न चेतावनी दिएका थिए । सो अवसरमा म्याद नाघेका सडेका खाद्य सामग्री नष्ट गर्नुको साथै केही अखाद्य सामग्री उर्ठाई खाद्य गुणस्तर जाँचका लागि समेत केही नमुना सङ्कलन गरिएको थियो ।
-छविलाल बगाले

सिटिजन्स बैंकले साढे दश प्रतिशत बोनस बाँड्ने
सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०६७/६८ मा १३ अर्ब ४७ करोड ८३ लाख ३१ हजार निक्षेप सङ्कलन गरी १२ अर्ब ५१ करोड ४२ लाख ३२ हजार कर्जा प्रवाह गरेको तथा सोही अवधिभित्र ४० करोड ९० लाख सञ्चालन मुनाफा र १९ करोड ८३ लाख खुद नाफा आर्जन गरेकोे जनाएको छ । गत साता काठमाडौंमा सम्पन्न बैंकको पाँचौँ वारि्षक साधारणसभामा सो बैंकका सञ्चालक समिति अध्यक्ष कुलचन्द्र गौतमले उक्त जानकारी दिनुभएको हो । आ.व.२०६७/६८ मा बैंकले ६ वटा शाखा विस्तार गरी कुल शाखा ३२ तथा एटीएम काउन्टर २९ पुर्‍याएर देशको चौधवटै अञ्चलमा अत्याधुनिक बैंकिङ सेवा विस्तार गरेको पनि उहाँले जानकारी दिनुभयो ।
सिटिजन्सको पाँचौँ साधारणसभाले सम्पूर्ण सेयरधनीलाई आ.व. २०६७/६८ को वितरणयोग्य मुनाफाबाट ५.५३ प्रतिशत नगद लाभांश तथा पाँच प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । सभाले समूह ‘क’ को उपसमूह ‘१’, ‘२’, ‘३’ र ‘४’ बाट क्रमशः अविनाश पन्त, प्रदीपजंग पाण्डे, पवित्रकुमार कार्की र अर्जुनलाल राजवंशीलाई बैंकको सञ्चालक पदमा चार वर्षका लागि निर्वाचित गरेको कम्पनी सचिव गणेशराज पोखरेलले जनाएका छन् ।

उपकुलपतिबाट ऐतिहासिक घोषणाको अपेक्षा
दक्षिण एसियाको प्रतिष्ठित विश्वविद्यालयको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयलाई कसरी अघि बढाउने भनी सोच्नु मुलुकको शैक्षिक जगत्का लागि बढीभन्दा बढी आवश्यक भएको कुरामा दुईमत छैन । यसै सन्दर्भमा वरिष्ठ गणितज्ञ एवम् शिक्षाविद् प्रा.डा. हीरा महर्जनको उपकुलपतिमा नियुक्ति भएको कुरालाई नागरिक समाजले विशेष महत्त्व दिएर उच्च मूल्याङ्कन गरेको छ । त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाजस्तै उहाँको कार्यकाल सफल, फलदायी र ऐतिहासिक हुने कुरामा नेपालको उच्च शैक्षिक जगत् विश्वस्त रहेको छ ।
यही क्रममा केही समयअगाडि मात्र त्रिवि प्राध्यापक सङ्घले उपकुलपतिलाई बुझाएको ज्ञापनपत्रमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा पाँच वर्ष उपप्राध्यापकमा स्थायी भएपछि सहप्राध्यापकमा लड्न पाउने व्यवस्था सबै सङ्कायमा हुनुपर्ने, रिटायर्ड टिचरलाई पीएचडी सुपरभाइजरमा राख्नुपर्ने साथै त्रिवि शिक्षण अस्पतालमा सबै प्राध्यापक आफूलगायत परिवारका सदस्यहरूले ९० प्रतिशत उपचारमा सहुलियत पाउनुपर्ने, करारमा कार्यरत टिचरलाई आन्तरिक प्रकियाबाट स्थायी गरिनुपर्नेजस्ता कुरा थिए जो यतिबेला विश्वविद्यालय परिवेशमा चर्चित छन् । यी कुराहरू पूरा गर्ने सन्दर्भमा समानताका पक्षपाति सबै प्राध्यापकले समान सुविधा पाउनुपर्छ भन्ने मान्यतामा विश्वास राख्ने उपकुलपति महर्जनले यी कुरा पूरा गर्ने सन्दर्भमा यसै कात्तिक महिनाभित्र ऐतिहासिक घोषणा गर्नुहुनेछ भन्ने आशा सम्बन्धित सबैले लिएका छन् ।
स्मरणीय के छ भने यी मागहरूबारे बारम्बार त्रिवि प्राध्यापक सङ्घ, नेपाल प्राध्यापक सङ्घ, प्रजातन्त्रवादी प्र्राध्यापक सङ्घ, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नागरिक समाजले विशेष रूपमा उठाएका छन् । र, उपकुलपति महर्जनको कार्यकालमा सधैंभरि कक्षामा नियमित रूपमा पढाउने र अहोरात्र विद्यार्थीको सुन्दर भविष्य निर्माणमा लाग्ने प्राध्यापकको उच्च मूल्याङ्कन हुने आशा सबैले लिएका छन् । उपकुलपति महर्जनको कार्यकाललाई सफल बनाउनका लागि उपकुलपतिका प्रमुख शैक्षिक सल्लाहकार एवम् प्रसिद्ध साहित्यकार प्राध्यापक हेम पौडेल एकातिर लागिरहनुभएको छ भने अर्कोतिर र्सार्ककै अङ्ग्रेजीका उत्कृष्ट प्राध्यापक एवम् नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य प्रा.डा. कृष्णचन्द्र शर्मा रातदिन लागिरहनुभएको छ । यिनै कुरालाई मध्यनजर राख्दै प्रा.डा. हीरा महर्जनबाट कात्तिक महिनामा हुने ऐतिहासिक सम्बोधन सबैका लागि उत्सुकता र प्रतीक्षाको विषय बनेको छ ।

माछापुच्छे्रको नयाँ सेवा
माछापुच्छे्र बैंकले बैंकको दमौली शाखाबाट सर्वसाधारण तथा व्यवसायीका लागि सुन धितोमा कर्जा उपलब्ध गराउन थालेको छ । यही कात्तिक १ गतेदेखि उपलब्ध गराउन थालेको यस सेवाबाट लाभ उठाउन चाहने १८ वर्ष उमेर पुगेका नेपाली नागरिक तथा सुन व्यवसायीले २२ र २४ क्यारेटको सुन तथा गरगहनाको धितोमा बजार मूल्यको ६५ प्रतिशत र चक्लेट, बुलन, बिस्किट र क्वाइनको धितोमा बजार मूल्यको ८० प्रतिशतसम्मको रकम कर्जास्वरूप प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ । बैंकले आगामी दिनमा यस्तो कर्जा सुविधा अन्य शाखाबाट समेत उपलब्ध गराउने योजना राखेको छ ।

पर्यटन प्रवर्द्धन गर्न राजदूतको कसरत
पेरिसबाट करिव ६५० किलोमिटर दक्षिण पूर्वमा पर्ने पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हाइट एप्स क्षेत्रको फ्रान्सका लागि नेपालका राजदूत मोहनकृष्ण श्रेष्ठले यही १२ देखि १४ अक्टोबर २०११ सम्म भ्रमण सम्पन्न गर्नुभएको छ ।
१३ अक्टोवर २०११ का दिन वहांले ग्याप शहरका मेयर रोगर डाइडरसँग शिष्टाचार भेट गर्नुभै दुई देशबीचको सम्बन्ध तथा नेपालमा ग्याप शहरबाट पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो । सो अवसरमा मेयर डाइडरले नेपाल अहिलेसम्म आफूले नेपालको भ्रमण गर्न नपाएता पनि ग्याप शहरमा नेपाल प्रेमीहरु, सदभावना राख्ने पेन्चहरु धेरै भएको र नेपाल एक प्राकृतिक सुन्दरता र मित्रवत् जनताको देश भनी आफूले थाहा पाई राखेको कुरा बताउनुभयो । साथै भविष्यमा ग्याप शहरमा नेपाल प्रवर्द्धन सम्बन्धी कुनै कार्यक्रम गर्ने अवसरमा आफुले सक्दो सहयोग दिने वाचा पनि गर्नुभयो । राजदूत श्रेष्ठले आफू ग्याप शहरको भ्रमणमा प्रथम पल्ट आएको र नेपालप्रेमी पेन्चहरु धेरै जनासंगको भेटघाटले साह्रै खुशी लागेको र आउने दिनमा ग्याप शहरको मेयर कार्यालयको सहयोग प्राप्त गरी नेपालमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्नेतर्फ सोच्ने भनी भन्नुभएको थियो । पर्यटन वर्ष २०११ चलिराखेकोले मेयर डाइडरलाई आफ्नो परिवार साथीहरुसंग नेपालको भ्रमणमा जान पनि वहांले अनुरोध गर्नुभएको थियो ।
त्यसै अपरान्ह राजदूत श्रेष्ठले १९ अगष्ट १९९३ मा उद्घाटन गरिएको नेपाल गृहको पनि अवलोकन गर्नुभएको थियो । नेपाल पर्यटन बोर्डका प्रतिनिधि मिस्टर ज्याक ब्यूमको सक्रियतामा स्थापित सो गृहमा नेपाल सम्बन्धि पुस्तकहरु, नेपाली हस्तकलाका सामानहरु लगायत अन्य नेपाल सम्बन्धित वस्तुहरु प्रदर्शन राखिएका थिए । त्यसको साथै राजदूत श्रेष्ठले संगै भर्खर स्थापना गरिएको नेपालको पर्यटन सम्बन्धि सूचनाहरु प्रदान गर्ने पर्यटन इकाईको पनि उद्घाटन गर्नुभएको थियो । नेपाल पर्यटन बोर्डबाट प्राप्त पोष्टर, ब्रोश्योर तथा नेपाल सम्बन्धि पेन्च भाषामा लेखिएका पुस्तकहरुले सजिसजाउ गरिएको सो इकाईमा नेपाल भ्रमणमा जाने प्/mेन्च पर्यटकहरु लाई नेपाल सम्बन्धि विभिन्न जानकारी प्रदान गर्ने गरिएबाट पर्यटकहरुलाई निकै उपयोगी हुनेभएको छ ।
सोही दिनमा सांझ हाउटस एप्स क्षेत्रको काउन्सिल जनरलका अध्यक्ष मिस्टर जिन इभ्स डुस्सेरेले राजदूत श्रेष्ठको सम्मानमा एक स्वागत समारोहको आयोजना गर्नुभएको थियो । सो अवसरमा बोल्नुहुंदै वहांले नेपाल र फ्रान्स बीच राम्रो सम्बन्ध भै आएको, यस क्षेत्रमा नेपाल राम्ररी परिचित भएको, नेपालका उच्च हिमालहरु प्/mेन्च पर्वतारोहीहरुको लागि सदा आकर्षक रहिआएकालेे, नेपाली जनता न्यानो भावनाको भएको, लुम्बिनीमा इशापूर्व ६२३ मा भगवान बुद्धले जन्म लिएको तथा नेपालमा धेरै राष्ट्रि्य पार्कहरुको अलावा विश्व सम्पदाहरु भएकोले प्/mेन्च पर्यटकहरुको लागि नेपाल एक राम्रो गन्तव्य मुलुक रहीआएकोले सकेसम्म चांडो नेपालको भ्रमणमा जान आफू उत्सुक रहेको भावना व्यक्त गर्नुभयो ।
प्रत्युत्तरमा राजदूत श्रेष्ठले प्/mेन्च भाषामा आफ्नो मन्तव्य प्रकट गर्नुहुंदै हाम्रो दुई देशबीच २० अप्रिल १९४९ मा दौत्य सम्बन्ध स्थापित भएता पनि अगाडि देखि सम्बन्ध रहीआएको,फ्रान्स विभिन्न दृष्टिकोणले एक महत्वपूर्ण मुलुक भएको, आज भन्दा १६१ वर्ष अगाडि तत्कालिन प्रधानमन्त्रीले फ्रान्सको भ्रमण गरेको आदि कुराको उल्लेख गर्नुहुंदै नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक तथा विभिन्न श्रोत सम्पदाले सम्पन्न मुलुक भएकोले जुनसुकै उमेरका पर्यटकले पनि भ्रमण गरी रमाउन सकिने भनी बताउनु भएको थियो । उच्च हिमालहरुको अलावा भगवान बुद्धको जन्मभूमि, विश्वको एकमात्र जीवित देवी कुमारीको घर, विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो देश नेपाललाई माया गर्ने धेरै नै पेन्चहरुसंग परिचित हुन पाउंदा आफूलाई धेरै खुशी लागेको भन्दै वहांले देशमा यताका केही वर्षहरुदेखि आइरहेको परिवर्तनको लहरले आर्थिक विकासका नयां नयां आयामहरु थपिंदै आएको प्रसंग उल्लेख गर्नुहुंदै राजदूत श्रेष्ठले नेपाल पेन्च लगानीकर्ताहरुको लागि पनि उपयुक्त गन्तव्य स्थल हो भनी भन्नुभयो ।
हाल चलिरहेको नेपाल पर्यटन वर्ष २०११ मा आफ्नो परिवार तथा साथीभाइहरु साथ नेपालको भ्रमणमा जानुहुन आग्रह गर्दै राजदूत श्रेष्ठले हाउटस् एप्स क्षेत्र तथा नेपाल बीच रहि आएको सम्बन्ध अझ सुदृढ गर्न आफू तत्पर रहने भनी विचार पोख्नुभएको थियो । प्रिफेक्चरमा सेक्रेटरी जनरलको अलावा हाउटस एप्सको विभिन्न गन्यमाण्य व्यक्तिहरु, पर्यटन व्यवसायी, व्यापारीहरु, पत्रकार आदिको उपस्थिति थियो । सो क्षेत्रबाट प्रथम पल्ट सगरमाथा आरोहण गर्ने मिस्टर जीन लुक ब्रेमोण्डको पनि उपस्थिति थियो । जनरल मिस्टर डुस्सेरेले खोटांग जिल्लावासीलाई सहयोग स्वरुप सोलार टुकी किन्न गत ५ वर्षदेखि आर्थिक सहयोग प्रदान गरी आएनुभएको छ ।
१४ अक्टोवर २०११ को विहान राजदूत श्रेष्ठले ग्याप चेम्बर अफ कमर्सबाट संचालित प्राविधिक शिक्षा प्रदान गर्ने स्कूलको भ्रमण गर्नुभै त्यहांका अक्ष्यक्ष तथा अन्य प्रोफेसरहरुसंग कुराकानी गरी सो इन्सिटच्युट बाट नेपाली विद्यार्थीहरुको लागि प्रशिक्षण कार्यक्रममा सरिक गराउन संभव भएमा छात्रबृत्ति प्रदान गर्न अनुरोध गर्नुभएको थियो । यस सम्बन्धमा आवश्यक छलफल गरी जवाफ दिने भनी सो इन्सिटच्युटका अध्यक्षले जवाफ दिनुभएको थियो ।
राजदूत श्रेष्ठ हाउटस् एप्सको ३ दिने भ्रमण सकाई १४ अक्टोबर २०११ मा पेरिस र्फकनुभयो । नेपालसंग विभिन्न प्रकारले गहिरो सम्बन्ध राख्ने विभिन्न पेशाका प्/mेन्चहरुले सन् २००१ पछि नेपाली राजदूतबाट भ्रमण सम्पन्न भएकोमा खुशी भएका थिए । वहांले स्थानीय पत्रकारहरुलाई अन्तरवार्ता दिनुभै नेपालमा पर्यटन प्रवर्द्धन सम्बन्धित विषयमा प्रकाश पार्नुभएको थियो । साथै गण्यमान्य व्यक्तिहरुलाई पेन्च भाषामा लेखिएको ले नेपाल भन्ने पुस्तक उपहार स्वरुप दिनुभएको थियो । गत मे महिनामा ग्याप फोयर आयोजना हुंदा नेपाल प्रवर्द्धनको लागि ल्याइएको रिक्सा पनि पेन्च पाहुनाहरुको लागि आकर्षक वस्तु बनेको नेपाली दूतावास पेरिसले जनाएको छ ।