ब्याडमिन्टन टोलीलाई खेल पोशाक

ब्याडमिन्टन टोलीलाई खेल पोशाक


नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली ब्याडमिन्टन टोलीलाई योनेक्सले खेल पोशाक प्रदान गरिएको छ ।

सागमा सहभागी समान १०–१० पुरुष, महिला खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापकलाई पोशाक प्रदान गरिएको नेपाल ब्याडमिन्टन संघका उप–महासचिव लवभक्त श्रेष्ठले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले एक कार्यक्रमबीच खेल पोशाक हस्तान्तरण गरे ।