आगलागीमा २० लाखको क्षति

आगलागीमा २० लाखको क्षति


मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा सोमबार बिहान अगलागी हुँदा करिब २० लाख रुपैयाँबराबरको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् ।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
rss