अन्ततः उपसभामुखबाट राजीनामा दिन तुम्बाहाम्फे तयार !

अन्ततः उपसभामुखबाट राजीनामा दिन तुम्बाहाम्फे तयार !


पार्टीले सभामुखको उम्मेदवार तोकेपछि राजीनामा दिने अभिव्यक्ति दिँदै आएकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे अन्ततः पदत्याग गर्न सहमत भएकी छन् । यसअघि नेकपा नेतृत्वले राजीनामा दिन निर्देशनात्मक तवरले गरेको आग्रहबाट असन्तुष्ट बनेकी तुम्बाहम्फे आइतबार प्रधानमन्त्री तथा पार्टीअध्यक्ष केपी शर्मा ओलीले विशेष अनुरोध गरेपछि उपसभामुखबाट राजीनामा गर्न तयार भएकी नेकपा उच्च स्रोतले जानकारी दिएको छ ।

आज अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि नै बैठक परिसरमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा राख्दै उनले राजीनामा दिने बताइएको छ । उनको राजीनामापछि आज बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् भने आजैबाट नयाँ सभामुख चयन गर्ने प्रक्रिया पनि शुरु हुनेछ ।

स्रोतका अनुसार पार्टीलाई परेको अप्ठ्यारो बुझिदिन र आफ्नो राजनीतिक भविष्य विचार गरेर सोचसमझदारीपूर्ण निर्णय लिन ओलीले तुम्बाहाम्फेलाई आग्रह गरेका थिए । बताइएअनुसार प्रधानमन्त्री ओलीले डा. सम्भवतः तुम्बाहाम्फेलाई कुनै मन्त्रालयको जिम्मेवारी दिने छन् ।