‘बलिदानी दिवस’मा वृक्षारोपण

‘बलिदानी दिवस’मा वृक्षारोपण


■ हेमशंकर सिंह, राजविराज

समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस इकाई कमिटीले वृक्षारोपण गरेर १३औं बलिदानी दिवस मनाएका छन् । मधेस विद्रोह र मधेस आन्दोलनको क्रममा साहदत प्राप्त गरेका शहीदहरुको स्मरणमा क्याम्पस प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच ४१ वटा बिरुवा रोपेर बलिदानी दिवस मनाइएको हो ।

समाजवादी विद्यार्थी युनियन मविब क्याम्पस इकाई समिति राजविराजका अध्यक्ष श्यामकुमार यादवको अध्यक्षता तथा समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष रेणुकुमारी यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

मधेस विद्रोहका प्रथम शहीद रमेश महतो र विभिन्न आन्दोलनमा साहदत प्राप्त गरेका शहीदहरुको योगदानको चर्चा गर्दै प्रमुख अतिथि यादवले देशमा मधेसी, आदिवासी जनजाती, मुश्लिम, थारु, महिला र अल्पसंख्यकहरुले थोरै भएपनि पाएको अधिकार शहीदहरुकै बलिदानीको उपज रहेको बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य अभिषेक यादव, क्याम्पस प्रमुख प्रा.डा. सर्वेन्द्रकुमार मिश्रा, समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् विद्यार्थी विभाग इन्चार्ज अशोक यादव, समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदारप्रसाद यादव, समाजवादी विद्यार्थी युनियन प्रदेश नम्बर २ का वरिष्ठ उपाध्यक्ष तारकेश्वर प्रसाद यादवले समुहिक रुपमा ४१ वटा अशोकको बिरुवा रोपेका थिए ।

मधेस विद्रोह र विभिन्न आन्दोलनका क्रममा शहीद भएकाहरुलाई स्मरण गर्दै विद्यार्थीहरुले राजविराज स्थिति नेताचौकमा साँझ मैनबतीसमेत बालेका थिए ।