निगममा प्रभावकारी काम देखाउन नसकेका मदन खरेलले दिए राजीनामा

निगममा प्रभावकारी काम देखाउन नसकेका मदन खरेलले दिए राजीनामा


वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने विशेष जिम्मेवारीका साथ निगमको कार्यकारी अध्यक्ष बनाइएका मदन खरेल अन्नतः असक्षम सावित भई बाहिरिन बाध्य भएका छन् । खरेलले आज (५ माघ) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका छन् ।

महाप्रबन्धक सुगतरत्न कंशाकार नै कार्यकारी भूमिकामा रही कार्यरत रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा झापाका खरेललाई गत वर्ष (३१ भदौ २०७५ मा) मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाका लागि आधारभूत काम गर्नपर्ने जिम्मेवारी दिइएका खरेलले प्रभावकारी काम देखाउन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । विभागी मन्त्री योगेश भट्टराईले उनलाई बहिर्गमनको बाटो रोज्न संकेत दिइसकेका थिए ।