एमसीसी नेपालको हितमा भएकोले स्वीकार्नुपर्छ : देउवा

एमसीसी नेपालको हितमा भएकोले स्वीकार्नुपर्छ : देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन् । प्रेस युनियनले तुलसीपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान नदिई स्वीकार गर्नुपर्ने बताए ।

नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ । उनले अमेरिकी राजदूतावासले एमसीसी इन्डोप्यासिफिकजस्तो सैन्य गतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।

एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन शुरु गरिसकेको जानकारी दिँदै त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारसमेतमा सहयोग पुग्ने बताए ।
rss