ओली-प्रचण्ड भेटपछि ४ बजे सचिवालय बैठक बस्दै

ओली-प्रचण्ड भेटपछि ४ बजे सचिवालय बैठक बस्दै


आइतबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दोस्रो वरीयताका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको भेटमा उनीहरूबीच भएका कुरा र सहमति भने बाहिर आएका छैनन् । तर, उनीहरूको भेटपछि आजै अपराह्न ४ बजेका लागि सचिवालय बैठक पनि बोलाइएकोले सभामुखको विषयमा समझदारी बनेको आकलन भने गरिएको छ ।

दुई अध्यक्षबीचको भेटपछि आज बस्ने सचिवालयको बैठकमा सभामुखको उम्मेदवारको चयन र ९ गते बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।