रूखबाट लडेर वडासचिवको मृत्यु

रूखबाट लडेर वडासचिवको मृत्यु


काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रूखबाट लडेर मृत्यु भएको छ ।

घरनजिकैको कोइरालोको रूखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । राससका अनुसार उनी लामो समयदेखि वडासचिवका रूपमा काम गर्दै आएका थिए ।