राष्ट्रियसभामा मतदान गर्न राजपाले जारी गऱ्यो ‘ह्वीप’

राष्ट्रियसभामा मतदान गर्न राजपाले जारी गऱ्यो ‘ह्वीप’


राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनता पार्टी (राजपा)ले पार्टीमा ह्वीप(निर्देशन) जारी गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले शनिबार विज्ञप्ति जारी गरी यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीमा ‘ह्वीप’ जारी गरेका हुन् ।

सो पार्टीले ‘अन्य’ समूहमा मृगेन्द्रकुमार सिंह र ‘अल्पसङ्ख्यक’मा शेखरकुमार सिंह र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘महिला’मा तुलासा दाहाल र ‘दलित’बाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं २ मा राजपाका २५ जना प्रदेश सांसद र स्थानीय तहका ४४ गरी ६९ जना मतदाता रहेका छन् । राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी तालमेल गरेको महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।