पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते


भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु.२ख ३३०५ नम्बरको ट्रकमा पछाडिबाट आउँदै गरेको बा.१प ७८३ नम्बरको पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ चिनियाँसहित ३२ र घरमा रहेका एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राससले जनाएअनुसार पर्यटक सौराहा जान आउँदै गरेको बताइएको छ ।