सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयन गर्न बालुवाटारमा छलफल

सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयन गर्न बालुवाटारमा छलफल


सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (३ माघ) नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा प्रधानमन्त्रीले छलफल गर्नुभएको भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार नेताहरुबीच यी आयोग र समसामयिक विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गहन छलफल भएको हो ।

file pict