ब्राउनसुगरसहित दुई पक्राउ

ब्राउनसुगरसहित दुई पक्राउ


झापाको कन्काई नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

कन्काई–३ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुंगाबाट खटिएको प्रहरी टोलीले बिहीबार सुरुंगाकै एक होटेलमा बसेका मोरङ उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ३५ ग्राम ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको छ ।