‘रावलको ज्यान सुरक्षित छ’ : मन्त्री बास्कोटा

‘रावलको ज्यान सुरक्षित छ’ : मन्त्री बास्कोटा


सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध ज्यान मार्ने धम्की आएको भन्ने कुरामा कुनै सत्यता नभएको र नेता रावलमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरेका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नेकपाका नेता रावलको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको जानकारी दिँदै भने– ‘विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैले कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन, यदि साँच्चै उहाँमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।’

नेता रावलको निम्ति पछुवा पनि छ, साथमा सुरक्षाकर्मी पनि छन् भन्दै मन्त्री बाँस्कोटाले थपे– ‘उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटार धम्की आयो भनेर सोच्नु राम्रो पनि नहुने र सत्य पनि होइन ।’