अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : श्रृजनालाई हराउँदै लिटल एन्जलस सेमिफाइनलमा

अन्तरविद्यालय क्रिकेट प्रतियोगिता : श्रृजनालाई हराउँदै लिटल एन्जलस सेमिफाइनलमा


राजविराज । ग्रिन नेपालद्वारा राजविराजस्थित राजरंगशालामा सञ्चालित अन्तरविद्यालय जिल्लास्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत लिटल एन्जलसले श्रृजना सेकेण्ड्रीलाई २१ रनले हराउँदै सेमिफाइनलका लागि आफनो सिट सुरक्षित गरेको छ ।

हिजो बुधबारको खेलमा लिटल एन्जलसले टस जिती पहिलो ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ७ बिकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेका थिए । लिटल एन्जलसका लागि नितेश यादव र भोगेन्द्र यादवले आर्कषक ब्याटिङ गर्दै क्रमशः नितेशले ३१ बलमा ५ चौका र २ छक्काको मद्दतले ४५ रन र भोगेन्द्र यादवले ५६ बलमा ३ चौका र १ छक्काको मद्दतले ४३ रनको योगदान दिएका थिए । अन्य ब्याट्सम्यानमा अर्जुन यादव १४ र श्रवण यादवले ११ रनको योगदान दिएका थिए ।

बलिङतर्फ श्रृजनाका सलमान खानले ३ तथा मो. अलताफ, कृष्णा दास, रंजित यादव र आजाद आलमले सामान १ बिकेट लिएका थिए ।

१ सय ४८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको श्रृजनाले ९ बिकेट गुमाई १ सय २६ रन मात्र जोड्न सके । श्रृजना सेकेण्ड्रीका लागि सन्दिप दास २६, आजाद आलम १७, राजिव यादव १७ तथा अमरदिप दासले १० रनको योगदान दिएका थिए ।

बलिङतर्फ लिटल एन्जलसका आर्यन चौधरीले ३ तथा नितेश यादव र रवीन्द्र यादवले सामान २ बिकेट लिएका थिए भने आशुतोष यादवले १ बिकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच लिटल एन्जलसका नितेश यादवलाई एम एण्ड एम अटो पार्टसका प्रोपोराइटर तथा सप्तरी क्रिकेट संघका सदस्य अनवर अलिले नगद तथा ट्रफी प्रदान गरे ।

प्रतियोगिताअन्तर्गत आज बिहीबार सेमिफाइनलअन्तर्गत पहिलो खेल लिटल एन्जल्स र म्याक्सेल सेकेण्ड्री तथा दोश्रो खेल दुर्गा सेकेण्ड्री र सिब्स इन्टरनेश्नलबीच भएको आयोजक समितिका संयोजक खेलानन्द दासले जानकारी दिएका छन् ।