गोरु काटेको आरोपमा दुई पक्राउ

गोरु काटेको आरोपमा दुई पक्राउ


गोरु काटेको आरोपमा इलामको सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् । गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो । उनीहरूले गोरु बिरामी भएकाले काट्नुपरेको बताएका छन् । घटना सम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताए ।
rss