कांग्रेस विधिविधानमा चल्न सकेन : जोशी

कांग्रेस विधिविधानमा चल्न सकेन : जोशी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताएका छन् । नेपाली कांग्रेस बिर्तामोड नगरसमितिले बिहीबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली कांग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रित रहेको बताए ।

कार्यक्रममा जोशीले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्यो कि सकेन भन्ने विषयमा केन्द्रित रहेको धारणा राखे । ‘नेपाली कांग्रेस अब सच्चिन जरुरी छ,’ उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशनतर्फ केन्द्रित हुनुपर्छ ।’

कार्यक्रममा पूर्वसांसद डिल्ली सिटौला, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, भोला पौडेल, लक्ष्मी आचार्यलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
rss