जङ्गलबाट जुवाडे पक्राउ

जङ्गलबाट जुवाडे पक्राउ


इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । फरार रहेका १५ जनाको खोजी कार्य जारी रहेको तथा दुई वटा चेकबुकसमेत बरामद भएको र पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।