२०१९ मा दक्षिण कोरियामा तीन लाख रोजगारी सिर्जना

२०१९ मा दक्षिण कोरियामा तीन लाख रोजगारी सिर्जना


दक्षिण कोरियामा सन् २०१९ मा तीन लाखसम्म रोजगारी सिर्जना भएको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकमा बेरोजगार दर भने ३.८ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

कोरियामा सन् २०१९ मा रोगजारमा आबद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो । सन् २०१९ मा रोजगारीको संख्यामा लगातार वृद्धि हुँदै आएको समाचारमा जनाइएको छ । बेरोजगार भएकाहरूको संख्या भने सन् २०१९ मा कुल १० लाख ६३ हजार रहेको तथ्यांकमा देखाइएको छ ।
रासस–सिन्ह्वा