माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा

माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा


माघ १० गते शुक्रबार बागमती प्रदेशका १३ वटै जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । उक्त दिन सोनाम ल्होछार पर्व परेको हुनाले सार्वजनिक बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले माघ १० गते सोनाम ल्होछारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेशमा तामाङहरूको बाहुल्य रहेको र सो पर्व तामाङ समुदायले मनाउने विशेष चाड भएकोले उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिएको हो ।