‘मातृभूमि’का अभियन्ताहरू गोरखकाली प्रार्थनामा

‘मातृभूमि’का अभियन्ताहरू गोरखकाली प्रार्थनामा


राष्ट्रिय, राष्ट्रिय एकता र स्वधर्म संस्कृतिको रक्षाको माग गर्दै मातृभूमिका लागि नेपालीले गोरखास्थित गोरखकाली माईसमक्ष प्रार्थना गरेको छ । राष्ट्रिय एकता तथा पृथ्वीजयन्तीको अवसरमा सो सङ्गठनद्वारा गोरखकाली मन्दिरमा प्रार्थना कार्यक्रम राखिएको थियो । कार्यक्रममा सहभागी हुन उक्त सङ्गठनसम्बद्ध अभियन्ताहरू जनकराज जोशी, नारायणप्रसाद कोइराला, जुलुमरत्न डङ्गोल, सुवासप्रसाद पाण्डे, मञ्जिल शर्मा, रमेश श्रेष्ठ, डोबरलाल श्रेष्ठ, अनवर अली, मणिराज सत्याल, खगिन्द्रराज पौडेल, महेश प्रेमी, देवराज महर्जन, देवप्रकाश त्रिपाठी, दीपकसिंह महर्जन, राजेन्द्र रानामगर, कल्पना मेगाले, राजेश शाक्य, देवेन्द्रमान जोशी, गगनदेवप्रसाद साह, श्रवण त्रिपाठी, बसन्त पोखरेल, सुन्दर मिजार, अफजल मियाँ, तिलक लामालगायत गोरखा पुगेका थिए । उनीहरूले गोरखकालीको पूजा गरिसकेपछि मन्दिरको प्राङ्गणमा प्रार्थना गरेका थिए । प्रार्थना गर्दै उनीहरूले भनेका थिए –

या देवी सर्वभुतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

हे देवी ! हजुरको असीम निगाहस्वरूप बडामहाराज पृथ्वीनारायण शाहको वीरता र प्रतापबाट निर्मित यस मातृभूमिप्रति सदा अगाध भक्तिसाथ नमन अर्पण गर्दछौँ ।

हाम्रो यो मातृभूमि हिन्दू, बौद्ध, शिख, जैन, किराँत, बोन, इस्लामलगायत सबै धर्मावलम्बीको सद्भावले हामी नेपाली एकताको सूत्रमा बाँधिएका छौँ ।

हे सर्वशक्तिमान देवी ! हामी हिन्दूराष्ट्रका सन्ततिलाई विश्व समुदायसमक्ष गुमेको पहिचान फिर्ता गरी नेपाललाई हिन्दूराष्ट्रका रूपमा पुनस्र्थापना गर्न सक्ने अजेय शक्ति प्रदान गर्नुहोस् ।

हे देवी ! यो मातृभूमिले कुशल नेता र नेतृत्व प्राप्त गर्न सकोस् । हाम्रो मातृभूमिको लागि ज्ञानी र विवेकी नेता र नेतृत्वको खाँचो छ । हामी हजुरसमक्ष यो राष्ट्रलाई सही बाटोमा लैजान सक्ने, मातृभूमिलाई सर्वोपरी मान्ने, राष्ट्रको एकतालाई अक्षुण्ण राख्न सक्ने नेता र नेतृत्वको लागि याचना गर्दछौँ ।

हे देवी ! नेपाललाई अशान्त झुण्डहरूको क्रीडास्थल बन्नबाट जोगाउन नेपालको अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता, स्वधर्म, स्वसंस्कृति, परम्परा एवम् मौलिक मूल्य–मान्यताको रक्षा गर्न र यो मातृभूमिलाई भिल्लहरूको हातमा जानबाट रोक्न मातृभूमिका लागि नेपालीलाई शक्ति, सामथ्र्य, प्रेरणा, सदविचार र हौसला प्रदान गर्नुहोस् ।

प्रार्थना कार्यक्रमको समापनपश्चात् मातृभूमिको टोली गोरखा नगरपालिकाद्वारा आयोजित समारोहमा सहभागी हुन पुगेको थियो ।