काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी


काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका–८, छैमलेमा रहेको एनसेल टावरमा र काठमाडौंंकै तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा आगजनी भएको हो ।

टावरमा आगजनी भएपछि सो क्षेत्रका एनसेलमा ग्राहकको सेवा अवरुद्ध भएको छ । आगजनीको जिम्मेवारी कसैले नलिएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

सेवा प्रवाह गरेर मनग्ये आम्दानी गरे पनि राज्यलाई कर नतिरेको भन्दै नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशका विभिन्न स्थानम रहेका एनसेल टावरमा विगतमा आगजनी गर्दै आए पनि राजधानीमा भएको आगजनीको भने कसैले जिम्मा लिएको छैन ।