कार दुर्घटनामा गायक निशान भट्टराईको निधन

कार दुर्घटनामा गायक निशान भट्टराईको निधन


लोकप्रिय एवम् पुराना गायक निशान भट्टराईको कार दुर्घटनामा सोमबार राति निधन भएको छ । राजधानीको दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा गायन प्रस्तुति दिँदै आएका गायक भट्टराई आफ्नो नियमित गायन कार्य सकेर राति निवास फर्कदै गर्दा दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

दरबारमार्गबाट कोटेश्वरतर्फ जाँदै गर्दा तीनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा निशानको निधन भएको हो ।