धोबीखोला किनारमा बन्ने भयो ‘बाजेबज्यै पार्क’

धोबीखोला किनारमा बन्ने भयो ‘बाजेबज्यै पार्क’


काठमाडौंको धोबीखोला किनारमा रहेको खाली जग्गामा शहरी विकास मन्त्रालयले ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो ।

शहरी विकास मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोमबार मन्त्रालयमा पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् । बताइएअनुसार सो पार्क ज्ञानकेन्द्रका रुपमा रहनेछ ।

नेपालमा अहिलेसम्म ज्येष्ठ नागरिकका लागि छुट्टै विश्रामस्थल नभएकाले ‘बाजेबज्यै पार्क’ निर्माण गर्न लागिएको जानकारी दिँदै उनले भने– ‘कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ ।’,

शहरी क्षेत्रमा आमाबाबु दुवै व्यस्त हुँदा सन्तानको हेरचाहका लागि हेरचाह केन्द्र निर्माण गर्ने योजना रहेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।

यस्तै, युवायुवतीलाई मनोरञ्जनका लागि युवालक्षित पार्क निर्माण गरिने जानकारी दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा युवा वर्गलाई नाचगान गर्दै रमाइलो गर्न पार्क निर्माण गर्न लागिएको उल्लेख गरे । खुला रङ्गमञ्चका रुपमा निर्माण हुने पार्कमा युवा एकअर्कामा अन्तरघुलित हुने मन्त्री बास्कोटाको विश्वास छ ।

मन्त्री बास्कोटाले थपे– ‘अहिले युवा एकअर्कालाई फेसबुक र ट्वीटरमार्फत चिने पनि त्यो मान्छेको स्वर कस्तो छ समेत थाहा छैन त्यो हटाउन पनि यो पार्कको महत्व छ ।’

pict:rss