नेपाल रेडक्रस बालकोटको १९औँ साधारणसभा सम्पन्न

नेपाल रेडक्रस बालकोटको १९औँ साधारणसभा सम्पन्न


नेपाल रेडक्रस सोसाइटी बालकोट (भक्तपुर) उपशाखाको १९औँ साधारणसभा सम्पन्न भएको छ । रेडक्रसका केन्द्रीय सदस्य तथा भक्तपुर शाखाका सभापति मनोजकुमार थापाको प्रमुख आतिथ्यता र उपशाखा सभापति चन्द्रकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि थापाले दीन–दुःखीको सेवाको लागि जिल्लाले हरदम सहयोग पु¥याउने प्रतिबद्धता जनाउँदे बालकोट उपशाखाको लागि शववाहन खरिद गर्न जिल्लाले २ लाख रकम उपलब्ध गराउने जानकारी दिनुभयो ।

उपशाखाका सचिव उमेश सिलवालले संस्थाको वार्षिक प्रतिवेदन एवम् भावी कार्ययोजना प्रस्तुत गर्दै उपशाखाको कार्यक्षेत्रभित्र पर्ने विद्यालयहरूमा जुनियर रेडक्रस गठनको पहलकदमीमा जोड दिने, क्षमता अभिवृद्धिको लागि तालिम कार्यक्रम सञ्चालन गर्ने, आवश्यकताअनुसार एम्बुलेन्स सेवा सञ्चालनका लागि प्रयास गर्ने, विपदमा परेकालाई सहयोग गर्न खडा गरिएको ‘विपद उद्धार तथा राहत कोष’को खातामा रकम थप गर्दै लैजाने बताउनुभयो ।

दिवाकर सिलवालले सञ्चालन गरेको कार्यक्रममा जयराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने स्थानीय समाजेवीहरू रत्नलाल श्रेष्ठ, रवि राणा, उद्धव सिलवाल, गोविन्दसिंह भण्डारी, राजु खड्का, कमलनाथ आचार्यलगायतले शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा गोविन्दबहादुर ढकाल र पुरनबहादुर बानियाँले सक्दो सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो भने सूर्यबिनायक नपा–२ का वडाध्यक्ष कमलनाथ आचार्यले एम्बुलेन्स सञ्चालन गर्न वार्षिक तीन लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।