अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडी

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाली खेलाडी


अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली भारतको बैंगलुरु प्रस्थान गरेको छ ।

उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ, विकास तामाङ, ङिमा नाम्गेल तामाङ, रोशन भुजेल, पतिव भण्डारी, आशा तामाङ, प्रमिला तामाङ, दिक्षा श्रेष्ठ, श्याम तामाङ, सजना माझी, विशाल केसी, सोनाम तामाङ, तारा तामाङ, पविना सुवेदी, रोशन खाती, सन्जिव तामाङ, विश्वास हायु, अर्यान भण्डारी र दिनेश भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा गुर्मी शेर्पा, व्यवस्थापकमा प्रकाश श्रेष्ठ, प्रशिक्षकमा छोनाम लामा, निर्णायकमा शुक्रबहादुर माझी तथा अफिसियलमा बुद्धिमाया लामा र पातली तामाङ रहेका छन् । प्रतियोगिता माघ ४ र ५ गते हुने छ ।

टोलीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, सचिव सरोजकुमार मुल्मीलगायतले बिदाइ गरे । सोही अवसरमा जनवरी १९ तारिखमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा निर्णायकको भूमिकामा भारतको मुम्बई जान लागेका सुरेन्द्र श्रेष्ठलाई पनि बिदाइ गरिएको थियो । श्रेष्ठ माघ १ गते मुम्बई जाँदै छन् ।