सिजीको दाबी- जाडो हुनेछ अब न्यानो !

सिजीको दाबी- जाडो हुनेछ अब न्यानो !


नेपालकै ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले जाडो यामलाई लक्षित गरी जाडोलाई टाढा राख्ने विभिन्न किसिमका नयाँ घरायसी सामाग्रीहरू बजारमा ल्याएको थियो । ती सामानहरू अनुमान गरिएभन्दा बढि मात्रामा बिक्री भएको आफ्ना डिलरहरूलाई उद्धृत गर्दै सिजीले जनाएको छ ।

यसरी बिक्री भएका सामानहतमा रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका थिए । यसैक्रममा सिजीले रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरूमा ल्याएको जनाएको छ । यसले कोठालाई एकदमै न्यानो पार्ने कम्पनीको दाबी छ ।

जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सि.जी.ले उपभोक्ताकोे बजेटलाई ध्यानमा राखी ग्याँस तथा इलेक्ट्रीक गरेर दुई किसिमका गिजर उपलब्ध गराएको छ । त्यसैगरी केही समयमै कुनै झन्झटविना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरू रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरू पनि उपलब्ध गराएको छ । आफ्ना उपयोगी सामानहतबारे जानकारी दिँदै सिजीले भनेको छ– ‘उपभोक्ता महानुभावहरूको सही छनोटले जाडो हुनेछ अब न्यानो !’