पाम आयल निर्यातका लागि कुटनीतिक पहल थाल्न आग्रह

पाम आयल निर्यातका लागि कुटनीतिक पहल थाल्न आग्रह


नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पु¥याइरहेको छ । तर, पाम आयलको आयातमा भारतले हालै रोक लगाउने निर्णय गरेपछि सम्बद्ध व्यवसायीहरू मर्कामा पर्ने भएका छन् भने मुलुकले समेत आर्थिक रूपमा धक्का ब्यहोर्नुपर्ने भएको छ ।

यसरी प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक विज्ञप्ति जारीविज्ञप्तिमार्फत प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने जनाएका हुन् ।