जापान च्याप्टरलाई अनेसास पुरस्कार

जापान च्याप्टरलाई अनेसास पुरस्कार


जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास सर्वोत्कृष्ट च्याटर पुरस्कार यो वर्ष अनेसास जापान च्याप्टरलाई प्रदान गरिने भएको छ । पाँच सय अमेरिकी डलरको सो पुरस्कारका लागि च्याटरहरुबाट प्राप्त जानकारीका आधारमा जापान च्याटरले सबैभन्दा बढी अंक पाएको हो ।

केन्द्रीय कार्यसमितिले दुई वर्षको च्याटरहरुले गरेका गतिविधि तथा कार्यक्रमहरुको जानकारीका लागि आह्वान गरेको थियो । अनेसासका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

च्याटर अवार्ड यही जनवरी १०(१२ २०२० मा जापानमा हुने तेश्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनमा प्रदान गरिने छ । डा. कुमार बस्नेतको कार्यकाल (२००३-२००५) र प्रकाश माइलाको कार्यकाल (२०११-२०१३) मा पनि जापानले बेस्ट च्याप्टर अवार्ड प्राप्त गरेको थियो । यसपटकको अवार्ड दीप पाठकको कार्यकाल (२०१७-२०१९) मा गरेको गतिविधिलाई मूल्यांकन गरेर दिइएको हो ।