आजको पञ्चाङ्ग एवम् राशिफल (२०७६ पुस २४ बिहीबार, ९ जनवरी २०२०)

आजको पञ्चाङ्ग एवम् राशिफल (२०७६ पुस २४ बिहीबार, ९ जनवरी २०२०)


■ अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीशाके १९४१ नेपाल सं. ११४० हेमन्त ऋतु वि.सं. २०७६ पौष २४ गते बिहीबार तद्अनुसार सन् २०२० जनवरी ९ तारिख पौष शुक्लपक्ष चतुर्दशी तिथि मृगशिरा नक्षत्र ब्रम्हायोग गर करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय आज बिहान ६ः५८ मा र सूर्यास्त सांझ १७ः२४ मा हुनेछ । नेपाल ज्योतिष परिषद स्थापना दिवस ।

आजको राशिफल :

मेष – मिठो भोजन मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आयात–निर्यातसित सम्बन्धित काम बन्नेछ । वार्तामा सफलता भेट्नेछ । मान सम्मान बढ्नेछ । आयस्रोत बढ्नेछ । उन्नतिमूलक काममा भाग लिनुहुनेछ । आफन्तको सुख मिल्नुको साथै आशा उत्साह बढ्ला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । साझेदारीको काम बन्नेछ । भोगविलासमा रुचि बढ्ला ।

बृष – कार्यव्यापारमा प्रगति होला । दिन शुभ र भाग्यशाली सावित हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । मान गौरव बढ्नुसंगै वार्तामा पनि सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ । नयाँ दायित्व पाउनुसंगै रहेको दायित्वलाई पूरा गर्नुहुनेछ । चलिरहेको कार्यमा सफल हुनुसंगै नयाँ काममा पनि सफलता पाउनुहुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । धन सम्पत्ति बढ्नेछ र साझेदारीसित सम्बन्धित काम पनि बन्नेछ । विजयश्री मिल्नेछ ।

मिथुन – बौद्धिकता, रचनात्मकता, कलात्मकता, गीतसंगीत आदिसित सम्बन्धित काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । विजयश्री मिल्नेछ । पदप्रतिष्ठा बढ्नेछ । योजना बनाएर काम गर्नु बेस हुनेछ ।

कर्कट – रसरागमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । धन सम्पत्ति बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै लगानी बढ्ला ।

सिंह – मनोकूलको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । साझेदारीको काम बन्ला । सुख सम्पति मान आनन्द बढ्नेछ । । कर्मयोगी रहनुहुनेछ । सुख समृद्धि बढ्नेछ । मान बर्चश्व बढला । जीवनसाथीको सहयोग मिल्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

कन्या – साहसिक कर्ममा रुचि बढ्ला । उन्नति–पदोन्नति होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आर्थिक कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ । विकासको नयाँ संभावना देखापर्ला । आशा उत्साह बढ्ला । ऐश्वर्य बढ्नेछ ।

तुला – शारीरिक र आर्थिक काममा प्रगतिशील रहनुहुनेछ । कला, साहित्य, गीतसंगीत, कलात्मकता, रचनात्मकता आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेममा प्रगति होला । इष्टमित्र सन्तानसुख बढ्ला । साहसिक कर्ममा प्रवृत्ति बढ्ला । ख्याति फैलिनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । मिठो भोजन खान पाउनुहुनेछ । सार्थक कार्यमा आकर्षण बढाउनु बेस होला ।

वृश्चिक – सुख शान्ति समृद्धि बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

धनु – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ अवसर मिल्नेछ । आशा उत्साह बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलामा प्रवृत्ति होला । दूरदेशबाट शुभ समाचार मिल्नेछ ।

मकर – आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आर्थिक काममा सफलता । वार्तामा सफलता मिल्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सन्तानसुख मिल्नेछ । मित्रलाभ होला । दायित्व पूरा गर्नुहुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।

कुम्भ – कुनै पनि प्रकारको महत्वपूर्ण काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्र सन्तान प्रेमपात्रको साथ मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला । सुख समृद्धि बढ्नेछ । यात्रामा भाग्योदय हुनेछ ।

मीन – बढी प्रयास र परिश्रमले सफलता प्राप्त होला । जोखिममा नपर्नु हितकर रहला । शुभता बढ्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भर नबसी आफ्नै बल विवेकले काम गर्नु हितकर होला । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।