पदकविजेता चन्चला सम्मानित

पदकविजेता चन्चला सम्मानित


नेपाल सितोरियो कराते संघ, शाखा डोजो शंखपार्कले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला एकल कातामा रजत जित्न सफल चन्चला दनुवारलाई सम्मान गरेको छ ।

शंखपार्ककै आयोजनामा भएको जिल्लाव्यापी कराते प्रतियोगिताको उद्घाटन अवसरमा डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक सानुबाबु तामाङले चन्चलालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।

उपत्यकाका तीन जिल्ला, धादिङ र काभ्रेका डोजो सहभागी प्रतियोगितामा लालीगुराँस टिम च्याम्पियन बन्यो । लालीगुराँसले ९ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो । ३ स्वर्ण, १ रजत र ३ कांस्यसाथ सरस्वती दोश्रो भयो । तेश्रो स्थानको आयोजक शंखपार्कले २ स्वर्ण, ६ रजत र ४ कांस्य हात पा¥यो ।

प्रतियोगिताको पुरुषमा बुढानीलकण्ठका सौगात थापा तथा महिलामा भार्देउ डोजोकी अनिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए । धादिङको धुनवेसी डोजोले अनुशासित टिमको उपाधि हात पाऱ्यो ।

विजेतालाई काठमाडौं महानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहन विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले उद्घाटन गरेका थिए । प्रतियोगितामा २ सय २५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।