मिसेस टुरिजम एम्बेस्डरको ताज मोडल शिलास्मालाई

मिसेस टुरिजम एम्बेस्डरको ताज मोडल शिलास्मालाई


मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका (१९ पुस) सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को फाइनलमा नेपाली चेली शिलास्मा हमाल मल्लले ताज हात पारेकी छन् । अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै शिलास्मा विजयी भएकी हुन् ।

प्रतियोगितामा २१ देशका महिलाहरु सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० का ताज चुमेकी छिन् । विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्ततः उत्कृष्ट हुँदै वर्ल्ड तर्फको शीर्ष उपाधि र ताज जितेकी हुन् ।

नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० विजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिइन् । उपाधि जितेपछि शिलास्माले भनिन्, ‘मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनलमा मैले वर्ल्डतर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु । एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिला भएको प्रतिस्पर्धामा युनिभर्सतर्फको ताज भने मलेशियाले जितेको छ ।’

केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही ब्युटी पेजेन्टमा पनि यसअघि ताज जितिसकेकी छिन् । उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकी छन् ।